Now Reading:
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विगतको तुलनामा उच्च : परराष्ट्रमन्त्री ज्ञवाली
Full Article 40 second read

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विगतको तुलनामा उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

Pradeep_Kumar_Gyawali

कात्तिक २०, काठमाडों । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको बताउनुभएको छ ।

दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका २८ कमिटीद्वारा अनामनगरमा आयोजित चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगतले चनाखो भएर सुनेको उल्लेख गर्दै नेपालको छवि विगतको तुलनामा उच्च भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.