Now Reading:
अवैध भारतीय नोटसहित एकजना पक्राउ
Full Article 50 second read

अवैध भारतीय नोटसहित एकजना पक्राउ

Arrest_

कात्तिक २०, वीरगञ्ज । २ लाख ३० हजार अवैध भारतीय नोटसहित वीरगञ्जबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको साविक जरनाथपुर गाविस ५ घर भइ हाल वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा बस्ने ४५ वर्षीय विजय शाह कलवारलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका ८, स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा शंकाष्पद रुपमा पैदल आइरहेका विजयको साथबाट अवैध भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट भारतीय मुद्रा २ हजार दरको नोट एकसय थान अर्थात २ लाख रुपैयाँ र भारु पाँच सय दरको नोट ६० थान अर्थात ३० हजार रुपैयाँ गरी जम्मा २ लाख ३० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

भारतीय नोटसहित कलवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.