Now Reading:
जीप दुर्घटनामा ६ जना घाईते
Full Article 1 minutes read

जीप दुर्घटनामा ६ जना घाईते

Accedent_symbol

कात्तिक २०, खोटाङ । काठमाडौंबाट यात्रु लिएर खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । बा १ ज ५६२७ नम्बरको जीप रावावेशी गाउँपालिका ५ दुवेकोलस्थित स्याखुने खोल्सामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना यात्रु घाईते भएका छन् । जसमध्ये ४ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा एसेलुखर्क गाउँपालिका ६ का ७२ वर्षीय हर्क बहादुर भटटराई, ऐसेलुखर्क गाउँपालिका २ का २७ वर्षीय जर्मनकुमार भूजेल, उनकी श्रीमति २७ वर्षीया सरिता भूजेल र चालक गम्भीर घाइेते भएको रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । चालकको परिचय र ठेगाना भने खुल्न सकेको छैन् ।

गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं र धरानको वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको गाउँपालिका प्रमुख निरौलाको भनाई छ ।

सुनसरीको तरहरा मोली १९ की ४० वर्षीया खेम कुमारी बस्नेत र सोलुखुम्बु जुबु ४ का २६ वर्षीय सन्दीप गुरुङ भने समान्य घाइते भएका छन् । उनीहरुको प्राथामिक स्वास्थ्य चौकी ऐसेलुखर्कमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.