Now Reading:
सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल
Full Article 50 second read

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

Bishnu_Paudel

कात्तिक २०, काभ्रे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारको काम सन्तोषजनक भएको टिप्पणी गर्नुभएको छ ।

नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँद महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गर्नुभयो।

‘सरकारले अब झन गतिमा सबै तहबाट काम र विकास लिएर अगाडि बढ्छ,’ महासचिव पौडेलले भन्नुभयो, ‘जनताका लागि निर्वाचित प्रतिनिधिहरुले जनभावना अनुसार अगाडि बढ्नुपर्छ ।’

महासचिव पौडेलले पार्टी एकताको काम अन्तिम चरणमा पुगिसकेको दावी गर्नुभएको छ । ‘सबै तहको पार्टी एकता अगामी मंसिर भित्र सकिन्छ, अब पार्टी एकताको विषयले धेरै चर्चा पाउनु पर्दैन जस्तो मलाइ लाग्छ,’ उहाँले भन्नुभयो।

कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले गरेका राम्रा कामलाई सामाजिक सञ्जालममा गलत रुपमा हल्ला चलाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.