Now Reading:
गच्छदार कांग्रेस उपसभापतिमा चयन
Full Article 30 second read

गच्छदार कांग्रेस उपसभापतिमा चयन

Bijaya_Kumar_Gachhedar

कात्तिक २०, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता विजयकुमार गच्छदारलाई पार्टी उपसभापतिमा चयन गरेको छ । सभापति शेरबहादुर देउवाको प्रस्तावमा गच्छदारलाई उपसभापतिमा चयन गरिएको हो ।

त्यसैगरी नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । मंसिर ५ देखि ९ गतेसम्म गर्ने तय भएको महासमिति बैठक चाडपर्वको कारण देखाउँदै सारिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.