Logo Side
Logo Side
Mobile Ads After Nav

२ नम्बर प्रदेशको राजधानी जनकपुरमा, मुख्यमन्त्रीको कार्यालय चुरोट कारखानामा !

२ नम्बर प्रदेशको राजधानी जनकपुरमा, मुख्यमन्त्रीको कार्यालय चुरोट कारखानामा !

२ नम्बर प्रदेशको राजधानी जनकपुरमा, मुख्यमन्त्रीको कार्यालय चुरोट कारखानामा !

जनकपुरधाम, १३ भदौ– सरकारको पुर्ण स्वामित्वमा स्थापित जनकपुर चुरोट कारखाना लिमिटेडको जग्गा, सम्पत्ति, भवन तथा भौतिक संरचना र यन्त्र उपकरणहरु जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्त्रण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गृहमन्त्री भएको बेला बन्द रहेको चुरोट कारखानालाई प्रदेश नम्बर २ को प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ल्याउन प्रक्रिया अगाडी वढाएका थिए । 

भविष्यमा प्रदेश नं. २ को राजधानी जनकपुर हुने र विधानसभा, मुख्यमन्त्री निवास, कार्यालय लगायत विभिन्न पुर्वाधार तथा संरचनाहरुको आवश्यकता पर्ने हुनाले विगत चार बर्ष देखि पुर्णतः बन्द रहेको चुरोट कारखानालाई त्यस प्रयोजनका निम्ति प्रयोग गर्नका लागि नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी जिल्ला प्रशासन कार्यालय धनुषाको नाममा कारखानाको सम्पत्ति हस्तान्तरण गर्ने निर्णय गरेपछि उक्त प्रक्रिया अगाडि बढेको छ ।

नेपाल सरकारको स्वामित्वमा स्थापित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) हाल बन्द अवस्थामा रहेको छ । जचुकालिको नाममा रहेको धनुषा जिल्ला स्थित ३३ विघा ३ कठ्ठा १२ धुर जग्गा र त्यहाँ रहेका भौतिक संरचना र यन्त्र उपकरणहरु प्रदेश नम्बर २ को उपयोग प्रयोजनको लागि संरक्षण गरी राख्न जिल्ला प्रशासन कार्यालय धनुषा मातहतमा राख्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले २ जेष्ठ २०७४ मा उद्योग मन्त्रालयलाई अनुरोध गरेको थियो ।