हेटौँडा, १६ माघ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त भएको बताएका छन्।

प्रदेश सरकारको आयोजनामा बुधबार प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गरेका हुन्।

हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहेका मुख्यमन्त्री पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले नेपालमा स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रको माग राखी आफ्नो जीवन नै अर्पण गर्ने शहीदको त्याग, तपस्या र बलिदानको सदैव स्मरण र सम्मान गरिनुपर्ने बताए।

जहाँनिया राणा शासनदेखि संविधान निर्माण प्रक्रियासम्मका हरेक आन्दोलनमा शहीदले आफ्नो रगत बगाएर देशमा गणतन्त्र स्थापना भएको र राजनीतिक आन्दोलन समाप्त भएकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश योजना आयोगका सदस्य, प्रदेश सांसद, नेपाली सेनाका मध्यपृतनापति, प्रदेश प्रहरी प्रमुख तथा प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो।(रासस)

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार