काठमाडौं– नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि दर्ता भएका छन्।

विभागका अनुसार पाँचतारे चार, चारतारे तीन, एकतारे एक, पर्यटक स्तरका सात र होमस्टे तीन वटा बनाउनका लागि विभागमा दर्ता भएका हुन्। तीनतारे होटल भने गत आर्थिक वर्षको तुलनामा पाँच घटेका छन् भने दुईतारे होटल एक पनि दर्ता भएका छैनन्।

नयाँ होटल तथा घरवास दर्ता भएसँगै अब नेपालमा पर्यटकस्तरका ९२३ होटल तथा घरवास हुनेछन् जसमा पाँचतारे १५, चारतारे १३, तीनतारे ३३, दुईतारे ४३, एकतारे ३५, पर्यटकस्तरका ५२७ र घरवास २५७ रहेका छन्। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भ्रमण वर्षको तयारीसँगै पर्यटकीयस्तरका होटल तथा घरवासमा लगानी गर्नेको सङ्ख्या पनि बढिरहेको बताउछन्।

कतिपय होटल भने प्रदेशस्तरमा दर्ता भएर सञ्चालनमा आउने तयारी भइरहेको विभागले जनाएको छ। गत आर्थिक वर्षमा मात्र ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए। सरकारले राखेको लक्ष्यअनुसार विदेशी पर्यटक नेपाल आए होटल अपर्याप्त हुने व्यवसायीले बताएका छन्। (रासस)

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८