
जनकपुरधाम – विवाह पञ्चमी मेलामा ६२ जना पोकेटरमार पक्राउ परेका छन्। मेलामा गरहगना, रुपैयाँ, मोबाइल चोरी गर्दै गर्दा पोकेटमारलाई प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा ४७ जना भारतीय र १५ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाए। ४७ जना भारतीय पकेटमार मध्ये १९ जना महिला पनि रहेका छन्।
भीडको मौका छोपी भक्तजनको गालामा लगाएको सुनचाँकीको सिक्री, खल्तीको रुपैयाँ र मोबाइलजस्ता सरसमान झिक्दै गर्दा पकेटमार पक्राउ गरिएको एसपी खनालले जनाए।कतिपय सामान तुरुन्तै फिर्ता गरेको र कतिपय चोरीका मोबाइल प्रहरी कार्यालयमा राखिएका छन्। पीडितले पकेटमारमाथि उजुरी गर्न आउने क्रम मेला सकिएसँगै बढेको एसपी खनालले जानकारी दिए।
पक्राउ परेका पकेटमारलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। विवाहपञ्चमी मेलामा एक सय वटा सिसि क्यामरा जडान गरेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । जानकी मन्दिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टाछुट्टै विशेष प्रहरी टोली सुरक्षा निगरानीमा छन्।
ड्रोन क्यामरामार्फत पनि प्रहरीले भीडलाई निगरानी गरिराखेको छ। पाँच हजार प्रहरी सादा तथा पोशाकमा परिचालित रहेको धनुषाका सिडियो प्रदिपराज कणेलले जनाए। रामको जन्तीलाई सोमबार दिउँसो ३६ ब्यञ्जनसहितको भोज खुवाएर विदाइ गरेपछि यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ।


लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त
२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८
