काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन्।

उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए। उनले भने,‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘हामी यो उपनिर्वाचनको मतपरीणामबाट खुशी छौं।

हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं। हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं। तर, म यो निर्वाचन परीणामबाट खुशी छु।’ उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने,‘यो सरकारले भारतले मिचेको कालापनी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ।

सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमी फिर्ता गर्ने अडान लिएको छ। प्रधानमन्त्रीज्यूले एक ईन्चपनि नेपालको भूमि मिच्न दिईँदैन् भन्नुभएको छ।’ पोखरेलले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गरेको सुनाउँदै सरकारले ठूलादेखि साना सबै अपराधीलाई कारबाहीको दायरामा ल्याएको बताए। उनले भने,‘सरकारले अपराधीलाई र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेको छ।

१२ वर्षअघि जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाउने आलम थुनामा हुनु, बलात्कारीहरु थुनामा हुनु यसको उदाहरण हो।’ त्यतिमात्रै नभएर न्यायिक र प्रशासनिक क्षेत्रमा पनि सरकार अत्यन्तै सफल भएको उनको दाबी छ।  सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेकोपनि उनले स्पष्ट पारे। उनले भने,‘सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न लागिरहेको छ। सन् २०३० सम्म नेपाललाई दिगो विकासको लक्ष्यमा पुर्याउँछौं।’

उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे। उनले भने,‘हामीले पूर्व, पश्चिम नभनीकन एकताबद्ध भएर मतदान गरेका हौं। म स्वयम निर्वाचनको कमाण्डर थिएँ। सिँगो नेकपा एकतावद्ध थियो।

त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए। त्यही भएर जित निकाल्न सकिएन्।’उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमा पनि गर्न सकिने बताए। उनले भने,‘नेपालको स्वास्थ्योपचार र चिकित्सक विश्वको कुनैपनि देशभन्दा कम छैनन्।’

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७