
काठमाडौं– आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ। नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने आइतबारको तुलनामा बढेको छ।
आइतबार कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको थियो। आज कूल १६४ कम्पनीको आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरीद बिक्री भए।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ। बैंकिङ १.१३, व्यापार १३.९९ र जलविद्युत् २.१८ विन्दुले बढेको छ। यस्तै होटल ८.८, विकास बैंक ३.८३, वित्त ०.६, निर्जीवन बीमा ३.७, उत्पादन ४.१, अन्य २.०४, लघुवित्त १.०४, जीवन बीमा ६४.०१ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ।
कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको रु एक करोड ९३ लाख ९६ हजार ४५२ बराबरको शेयर कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ६९ हजार ९१९, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रु एक करोड ११ लाख ६५ हजार ४०४, एनआइसिएशिया रु एक करोड सात लाख ८३ हजार ८६५ साल्टटे«डिङ कर्पोरेशन रु ८८ लाख ८७ हजार २१३ र सेञ्चुरी बैंक रु ८१ लाख ६५ हजार ७६० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाउँदा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८३, साल्ट टे«डिङ कर्पोरेशन ४.४१, पाँचथर पावर कम्पनी ४, नेपाल हाइड्रो डेभलपर्स ३.७७ र स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४५ प्रतिशतले कमाए।
त्यस्तै अरुण काबेली पावर ६.५५, साइन रेसुङ्गामा डेभलपमेन्ट बैंक ५.८०, आँखु खोला जलविद्युत् कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ५.०५, सिनर्जी पावर ४.८१, लाइफ इन्स्योरेन्स कम्पनी ३.७९ र जोशी हाइड्रोपावरका शेयरधनीले ३.७० प्रतिशतले गुमाए।
रासस


लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त
२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८
