डोटी– जिल्लामा पछिल्लो समय लोकसंस्कृति क्रमिक रुपमा लोप हुँदै जान थालेकाले केआइसिंह गाउँपालिकाले संरक्षण अभियान थालनी गरेको छ।

पुराना लोकसंस्कृति संरक्षण, प्रवद्र्धन र विकास गर्ने उद्देश्यले गाउपालिकाले आफ्नो गाउँपालिका अन्तर्गत वडा नम्बर ५ रानागाउँमा १५ दिने परम्परागत लोकसंस्कृति संरक्षण तथा विकास तालिम आयोजनासमेत गरेको छ।

संस्कृति संरक्षणका साथ व्यावसायिक बनाउन उक्त तालीम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताएका छन्। जिल्लामा पछिल्लो समय भित्रिएका आधुनिक बाजा तथा आधुनिक संस्कृतिका कारण डोटेली भाषा, बाजा र संस्कृति लोप हुँदै गएको गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष रामचन्द्र राणाले बताएका छन्।

गाउँपालिकाले जिल्लामा विशेष गरी दलित जातिले मात्रै परम्परागत रुपमा अंँगाल्दै आएको हुड्के नाच, पञ्चैबाजा र नौमतीलाई व्यावसायिक रुपमा अघि बढाई स्वरोजगारमुखी बनाउन संरक्षण तथा लगानी गर्न थालेको छ।

सो गाउँपालिकाको वडा नं ५ स्थित रानागाउँमा रहेका दलित परिवारले अंँगाल्दै आएको परम्परागत हुड्के नाच तथा पञ्चैबाजालाई व्यावसायिक बनाउन वडा कार्यालयले तालीम आयोजना गरेको हो। तालीममा १५ दलित युवाको सहभागिता छ। तालीमका लागि इलामबाट दुई प्रशिक्षक झिकाइएको छ।

बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुुस्ताले पञ्चै तथा नौमती बाजा अँगाल्न नखोज्दा यसको महत्व घट्दै गई लोप हुने अवस्थामा पुगेको गाउँपालिका फलेडीका पञ्चेबाजा बजाउने नाइके हरि दमाईँले बताउनुभयो। दुई दमाहा, दुई ट्याम्को, नरसिंहा, सनाही, मजुरा, झ्यालीसँंगै राखेर बाजा मिलाएर कम्तीमा पनि १०–११ जनाको समूहले नौमती तथा पञ्चैबाजा बजाउँछन्। उक्त बाजा बजाउनेहरुले विगतमा एक ठाउँमा बजाएको कम्तीमा पनि रु ६० देखि ७० हजारसम्म लिने गरेका थिए।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा कुनै शुभकार्य हुनासाथ बजाइने उक्त बाजा आधुनिक बाजा भित्रिएका कारण हिजोआज बिरलै सुन्न पाइन्छ। प्रायःगरी यहाँको पहाडी क्षेत्रमा यो बाजा लोप हुँदै गइरहेको छ। रासस

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७