तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्ष्भित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ। बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ। परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्ष्भित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिएका छन्।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ। भवन एक वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ। केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ ।

रु ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिएका छन्। ‘होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भएको छ’, शर्माले भने, ‘अब यसलाई पनि निर्माणको चरणमा लैजान्छौँ।’अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ।

पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ। प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो। साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ। केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन्। स्थानीयवासीबाट केबुलकार निर्माणका लागि करिब रु तीन करोड शेयर सङ्कलन भएको छ भने बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर लगानी गरेको छ।

‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ,’ उनले भने। ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन्। एशियाकै ठूलो हुने दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ।

ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केबुलकारले एक किलोमिटर छसय मिटर यात्रा गर्नेछ। डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ। केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ। (रासस)

लोकप्रिय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

२०७६, २७ मंसिर शुक्रबार १८:५०

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

२०७६, २७ मंसिर शुक्रबार १७:५५

गजल

गजल

२०७६, २७ मंसिर शुक्रबार १३:३१

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा

२०७६, २७ मंसिर शुक्रबार १५:१४

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना

२०७६, २७ मंसिर शुक्रबार १४:४८

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल

२०७६, २७ मंसिर शुक्रबार १६:४६

‘म यस्तो गीत गाउँछु–२’ को पहिलो गीत रिलिज

‘म यस्तो गीत गाउँछु–२’ को पहिलो गीत रिलिज

२०७६, २७ मंसिर शुक्रबार ११:३०