काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारे। उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ। अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह्रस भएको छ।

हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं। कांग्रेस बलियो हुन्छ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेकोसुनाए। उनले भने,‘यो निर्वाचन परीणामलाई सकारात्मक रुपमा लिएका छौं। जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं।’

यद्धपी उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाई छ। उनले भने,‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ। कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं। भक्तपुर र धरानमा हामीले जित्यौं। कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं। यसले कांग्रेसलाई उत्साहित बनाएको छ।’

त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो। उनले भने,‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं। निर्वाचनको परीणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भिर ह«ास हो।’ उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि उनको टिप्पणी छ।

काँस्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्धवारले विजयी हाँसिल गरेको उनको विश्लेषण छ। उनले भने,‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्धवारले जितेका छन्, ती ठाउँमा पनि सहानुभुति लहरका कारण उनीहरुको अनुकुल परीणाम आएको हुनसक्दछ। किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विद्यवाहरु उम्मेद्धवारको रुपमा रहिआएका थिए। त्यही भएर सहानुभुति भोट आयो।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्धवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७