समिना रञ्जितकार
वीरगञ्ज, १७ माघ – प्रदेश २ का आठ जिल्लाको उत्तरी क्षेत्रमा हात्ती आतङ्क ठूलो समस्याको रुपमा रहेको छ। राष्ट्रिय निकुञ्जबाट निस्किएका हात्तीले मानिसको ज्यानै लिनेदेखि बालीनाली र घरमा क्षति पुर्याउँदै आएका छन्।

मुलुकभरिकै तथ्याङ्क हेर्ने हो भने १५ वर्षको अवधिमा हात्तीको आक्रमणबाट २ सय ४ जनाको ज्यान गएको छ। हात्तीबारे विद्यावारिधि गरिरहेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामले पछिल्लो १५ वर्षमा हात्तीको आक्रमणबाट प्रदेश २ का ८ जिल्लामा ७३ जनाको ज्यान गएको र कयौँ घाइते भएको बताए।

हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये सबभन्दा बढी सप्तरीबाट १५ जना छन्। पुस ४ गते पनि जङ्गली हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगरपालिकामा एक महिलाको ज्यान लिएको थियो। यसैगरी बारामा १३, सिरहामा ११, पर्सा र रौतहटमा ८/८, धनुषामा १०, सर्लाहीमा ७ र महोत्तरीमा एक जनाको ज्यान गएको छ।

सबैभन्दा बढी झापा र बर्दियामा ३७/३७ जनाले जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन्। यो अवधिमा हात्तीले सयौँ घर भत्काएर क्षति पुर्याएकाे छ भने करोडौँ रुपैयाँ बराबरको बालीनाली नोक्सान गरेको छ।

पछिल्लो १ वर्षयता हात्तीको आक्रमणबाट मृत्यु हुनेलाई सरकारले क्षतिपूर्ति बापत १० लाख रुपैयाँ र घाइतेको उपचार खर्च दिने गरेको छ। सबैभन्दा बढी प्रदेश नं. २ का महेन्द्र राजमार्ग आसपासका बस्ती हात्तीको आतङ्कका कारण पीडित छन्। जङ्गली हात्तीले दिनहुँजसो घर भत्काउने, बालीनाली नष्ट गर्ने र सर्वसाधारणमाथि आक्रमण गर्ने घटना दोहोरिन थालेपछि स्थानीयहरू आतङ्कित भएका हुन्।

सहायक संरक्षण अधिकृत रामका अनुसार नेपालका पूर्वी, मध्य र पश्चिमी भागमा गरी कुल २ सय ३४ वटा हात्तीले बितण्डा मच्चाउँदै आएको छ। जसमध्ये प्रदेश नम्बर २ मा ५४ वटा हात्ती रहेका छन्। पर्सामा मात्र ४३ वटा, सप्तरीमा ६ वटा र बारामा २ वटा जङ्गली हात्ती ओहोरदोहोर गर्छन्।

उनका अनुसार भारतको पश्चिम बङ्गाल र आसाम राज्यबाट झापा हुँदै नेपाल प्रवेश गर्ने हात्तीहरू सुनसरी–सप्तरी र उदयपुरमा फैलिएको कोसी टप्पु वन्यजन्तु आरक्ष हुँदै प्रदेश २ को पर्सासम्म पुग्ने गरेका छन्।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार