बुटवल, १७ माघ – राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जा प्रवाहमा कडाइ गरेपछि निजी सवारी साधनको खरिदविक्री घटेको छ। बैंकहरूले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्न कडाइ गरेसँगै रूपन्देहीमा निजी सवारी खरिदविक्रीमा करिब ५० प्रतिशतले कमी आएको व्यवसायीहरूले बताएका छन्।

सुजुकी कम्पनीको आधिकारीक विक्रेता अटोमार्ट इन्टरनेसनलले गत वर्षदेखि निजी सवारी विक्री आधाले घटेको जनाएको छ। अटोमार्टका सेल्स एक्जिक्युटिभ नवीन नेपालले यस वर्ष २ सय ३० ओटा सवारीमात्र विक्री गरेको जानकारी दिए। जब कि अघिल्लो वर्ष सोही अवधिसम्म यो संख्याको दोब्बर सवारी विक्री भएको उनको दाबी छ।

त्यस्तै टाटा कम्पनीको आधिकारिक विक्रेता सफल अटो इन्टरनेसनलका इन्टरनेसनलका सेल्स एन्ड मार्केटिङ कोअर्डिनेटर सन्दीप पोखरेल बैंकहरूले निजी सवारी खरिदका लागि कर्जा दिन नसकेकै कारणले विक्री घटेको बताउँछन्। बुटवलको कालिकानगरस्थित हुन्डाईको आधिकारिक विक्रेता सिद्धिविनायक मोटो कर्पले गत वर्षको पुस महिनादेखि हालसम्म २ सय ७५ वटा मात्र सवारी विक्री गर्याे। विक्रेताका अनुसार सवारी विक्रीमा अघिल्लो वर्षभन्दा ५० प्रतिशतले गिरावट आएको छ।

एमजी कम्पनीको आधिकरिक विक्रेता मणिग्राममा रहेको स्पिड एन्ड साइन अटो जोन प्रालिका वर्कसप म्यानेजर सुशील पाण्डेले सवारी विक्रीमा ७५ प्रतिशतले ह्रास आएको जानकारी दिए। त्यति मात्रै होइन, रेनल्टको आधिकारिक विक्रेता भैरहवा अटो कम्पनी प्रालि, ड्याटसनको भैरव अटो सेन्टर, निसानको हाइवे अटो भिल्ला लगायतका निजी सवारीका डिलरहरू गाडीको विक्री आधा घटेको बताउँछन्। राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सवारी खरिदको ५० प्रतिशतमा मात्रै कर्जा लगानी थालेपछि सवारी विक्री सुस्ताएको हो।

लगानीयोग्य पूँजी अभाव भएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो। यसभन्दा अघि निजी सवारी खरिदमा ६५ प्रतिशतसम्म बैंकहरूले कर्जा दिन पाउँथे। अनुत्पादक क्षेत्रमा ऋण बढी प्रवाह भएपछि राष्ट्र बैंकले ५० प्रतिशतको सीमा तोकेको हो। यसको प्रत्यक्ष असर सवारीसाधन विक्रीमा परेको छ।

अहिले उत्पादक क्षेत्रमा तुलनात्मक रूपमा लगानीको माग बढिरहेको छ। प्रदेशमा स्थापना भइरहेका ठूलाठूला उद्योग तथा प्रतिष्ठान, होटेल तथा रेस्टुरेन्ट र कृषि फर्महरूमा कर्जाको माग अत्यधिक छ। बैंकमा रहेको सीमित तरलताले उत्पादनशील क्षेत्रमा समेत कर्जा प्रवाह हुन नसकिरहेको अवस्थामा निजी सवारी र घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा बैंकहरूले लगानी गर्न आनाकानी गर्ने गरेका छन्।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार