काठमाडौ– धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ। शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो।

साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भयो।

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो। नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो। कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए। सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो। कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए।

मङ्गलबार नेप्से परिसूचक ३।७५ अङ्कले वृद्धि भई एक हजार ११५।७४ पुग्यो। कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८।७३ अङ्कले बढेर एक हजार १२४।४७ मा पुग्यो। कूल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भए।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७।४५ अङ्कले बढेर एक हजार १३१।९२ मा पुग्यो। परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भए। कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए।

साताभर नेप्सेमा विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए। त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत भए। रासस

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११