काठमाडौं— स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको हल्ट पुरस्कार कार्यक्रममा नेपाल कमर्स क्याम्पस (एनसीसी)को Substyro टिम विजयी भएको छ। उक्त टिममा सिमरन नाथ,  युवराज जोशी र उज्वल बुढाथोकी रहेका छन्।

शनिबार स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको हलमा सञ्चालित टियुकाे हल्ट पुरस्कार छनोट कार्यक्रममा प्रतिस्पर्धाका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसबाट सय भन्दा बढि टिम दर्ता भएका थिए। तर तीमध्ये  ६८ टिमले मात्र प्रतिस्पर्धामा भाग लिएका थिए।

सहभागी ६८ टिममध्येबाट फाइनल राउण्डका लािग ४१ टिम छनोट भएको थियो। उक्त फाइनल राउण्डका ४१ टिममध्येबाट पनि उत्कृष्ट १० टिम छनोट गरिएको थियो।

उत्कृष्ट १० मा परेका टिमहरुः

१) एम्बियन्ट एयर प्युरीफाएर

२) भविष्य

३) बायो बोतल

४) आईएमएस टिम बी

५) पिरिएड टक्स

६) सर्ग

७) एसडिसी एड्भोकेट

८) स्टप फ्लो

९) सब्सट्याराे

१०) स्वतन्त्र

उत्कृष्ट दश टिमहरुबाट अन्य टिमलाई पछि पार्दै सब्सट्याराे विजेता बनेको हो। विजेतालाई क्याम्पस निर्देशक प्रज्ञा ज्ञवालीले त्रिभुवन विश्वविद्यालय हल्ट पुरस्कारले सम्मान गरिन्। विजेता भएसँगै सब्सट्याराेले हल्ट पुरस्कारको अर्काे चरणमा एसियाली क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयले हल्ट पुरस्कारको आयोजना गरेको यो तेस्रो पटक हो।  नेपाल टेलीकम र हल्ट पुरस्कारको सहयोगि आयोजक तथा साझेदारी संस्थाहरुको सहयोगमा सञ्चालन भएको कर्यक्रममा वभिन्न क्षेत्रका विज्ञहरु तथा साझेदारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। टियु हल्ट पुरस्कारकाे मिडिया पार्टनरमा भने म्याक मिडिया अन्तर्गतकाे नेपाली पब्लिक रहकाे थियाे।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुलका अप्राविधिक तथा गैर विज्ञान संकायका विद्यार्थीहरुले भाग लिई आफ्ना व्यवसायिक विचारहरु प्रस्तुत गरेका थिए। प्रतिस्पर्धामा सहभागि टिमले संयुक्त राष्ट्र संघको दिगो विकास योजना अन्तर्गत समाजमा विद्यमान रहेका विभिन्न समस्याहरुको समाधान प्रस्तावना पेश गरेका थिए।

 

हल्ट पुरस्कार बर्टिल हल्टले स्थापना गरेका हुन्। बार्षिक रुपमा प्रदान गरिन्छ। हल्ट पुरस्कारकाे लागि विभिन्न देशका कलेज तथा विश्वविद्यालयबाट विजेता बनेकाे टाेलीले क्षेत्रीयस्तरमा प्रतिस्पर्धामा गर्नेछ। क्षेत्रीय प्रतिस्पर्धामा पनि उत्कृष्ट भएकाे टिमले फाइनल राउण्डमा पुरस्कारकाे लागि अन्य क्षेत्रीय टिमकाे विजेतासँग पुनः प्रतिस्पर्धा गर्नेछ। समग्रमा विश्वको १ सय २१ देशका विभिन्न विश्वविद्यालय तथा कलेजबाट दश लाख भन्दा विद्यार्थीहरु उक्त प्रतियोगितामा सहभागि हुनेछन्।

हल्ट पुरस्कार विजेताले १० लाख अमेरिकी डलर अर्थात करिब ११ करोड ४३ लाख नेपाली रुपैंया पाउनेछ। ‘बोल्ड विजनेश फर बेटर प्लानेट’ को मुख्य उद्देश्यलाई स्थापित गर्दै ५० औं पृथ्वी दिवश र संयुक्त राष्ट्र संघको ७५ औं वार्षिकोत्सको अवसर पारी सन् २०२० मा हल्ट पुरस्कार प्रदान गरिने छ।

हेर्नुहाेस्     भिडियाेः

 

 

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११