काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरिसकेको छ। दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको सागको मंगलबार औपचारिक रुपमा भव्य रुपमा नै समापन भएको छ।

सागको औपचारिक समापन अघि पुरुष फुटबलको फाइनल खेल थियो। स्वर्ण पदकको लागि नेपाल र फुटबलमा राम्रो प्रगति गरिरहेको भुटान एक अर्काविरुद्ध मैदान उत्रने तयारीमा थिए। ३ बजे शुरु हुने खेलका लागि नेपाली समर्थकहरु १ बजे देखि नै नेपाली झण्डासहित दशरथ रंगशालामा प्रवेश गर्न शुरु गरिसकेका थिए।

दर्शक क्षमता कम भएको रंगशालामा सबै खेलप्रेमीहरु अट्ने अवस्था थिएन। सबै टिकटहरु बिक्रि भइसकेको थियो। टिकट भएकाहरु रंगशाला छिरे भने टिकट नभएकाहरुको त्रिपुरेश्वर चोकमा घुइँचो नै लाग्यो। वर्ल्ड ट्रेड सेन्टरको धमिलो स्क्रिनमै भएपनि नेपालको खेल हेर्न समर्थकहरु सकडको बीचमै पैंलेटी कसेँर बसे। गाडिहरु लहरै रोकिए।

त्रिपुरेश्वरमा मंगलबार जम्मा भएका मानिसको भीडले विश्वसामु फेरी एकपटक खेलप्रति नेपाली खेलप्रेमीहरुको चासोलाई छर्लङ्गै बनाइदियो। यसअघि पनि नेपाली समर्थकहरु नेपालले क्रिकेट खेल्दै गर्दा किर्तिपुरको टियु मैदानमा थेगिनसक्नु गरी जम्मा भएका थिए।

रंगशालामा खेल शुरु भयो। खेलसँगै रंगशालामा शुरु भयो ‘नेपाल–नेपाल’ को गुञ्जन! ठूलो मासले नेपालको झण्डा फहराउँदै नेपाल नेपाल चिच्याइरहँदा शरीरमा रगत उम्लिएको आभाष भयो। शरीर तरङ्गित हुँदै देशप्रेमको भावनासँगै मनको ढुकढुकी बढ्न थाल्यो। बल नेपाली खेलाडीको नियन्त्रणमा हुँदा फुरुङ्ग हुने मन बल भुटानी खेलाडीको खुट्टामा पुग्ने बित्तिकै आत्तिहाल्थ्यो। खेल अवधिभर मन कहिले उत्साहित त कहिले निराश भइरह्यो।

तर मनले साँच्चिकै शान्ति तेतीबेला पायो जब अभिषेक रिजालको खुट्टाले हुत्याएको बलले विपक्षीको पोष्टको जाली चुम्यो। अभिषेकले खेलको १६ औं मिनेटमा नै नेपाललाई अग्रता दिलाए। गोलसँगै मनले शान्ति त पायो तर खेलको अवस्था देखेर होला ढुक्क हुन भने मनले  अस्विकार ग¥यो। जब नेपाली खेलाडीले बललाई विपक्षीको पोष्टमा पु¥याउँथे गोल–गोल भन्दै चिच्याइरहेका थियौं हामी (हजारौं नेपाली समर्थक अनि म)।

त्यपसछि खेलमा दबाब झेल्न बाध्य भएको भुटानले आक्रमण बुन्न थाल्यो। खेलको ३६ औं मिनेटमा मनमा जे कुराको डर थियो त्यही नै भयो। अर्थात भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै खेलमा बराबरी गरे। मन खिन्न भयो। उपाधि दाैडमा एक कदम अघि लागेको नेपाल फेरी पछि हटेर बराबरी दुरीमा दौडिएजस्तो लाग्यो। त्यसको केहि समयमपछि समाप्त भयो खेलको पहिलो हाफ तर रोकिएन मनको डर  अनि त्रास!

दोस्रो हाफमा नेपाल थप शसक्त भएर आउँछ भन्ने आशामा सकियो ब्रेक टाइम! दोस्रो हाफ शुरु भयो। तर नेपालले खेलमा अपेक्षाकृत सुधार  गरेकाे अनुभूति भएन। खेल प्रतिस्पर्धात्मक भने बनिरहेको थियो। नेपालले अब कतिबेला गोल गर्ला भन्ने भय मनमा उब्जिँदै थियो। त्यस्तैमा बल विपक्षीकाे पाेष्टनजिकै पुग्याे। हजाराैं दर्शक उभिएर चिच्याइरहेका थिए। त्यसपछिकाे दृश्य हेर्न लायक बन्याे। सुनिल बलले हेडरमार्फत उत्कृष्ट गोल गरे।

एक्कासी कल्पनाबाट ब्युँझिँएजस्तो लाग्यो। खुशीको सीमै रहेन। भीड पनि आक्रोशित बनेजस्तो लाग्यो। सबैले नेपाल–नेपाल बन्दै खुसीयाली मनाइरहेका थिए। सेलिब्रेसनको लागि कहाँ रोकिन सक्थे र सुनील बल! जर्सी नै खोल्दै उनले गोलको खुशी मनाए। आफूमात्र खुशी थिएनन् उनी रंगशालाभित्र  र बाहिर सडकमा बसेका हजारौंको संख्यामा उपस्थित नेपालीहरुलाई खुशी बनाइदिए। सुनिलको उक्त गोल नै नेपालको जितमा निर्णायक गोल बन्यो र नेपालले चौथो पटक उक्त विधामा स्वर्ण हात पार्यो।

यसो त अभिषेकको गोलले खुशी नदिएको भने पक्कै हैन। उनले सुरुवाती समयमा नेपाललाई दिलाएको अग्रता जितको आधार हो। १३ औं साग पुरुष फुटबलको त्यो स्वर्ण मैदानमा देशको लागि लडिरहेका एघारै जनाको मेहनतको फल हो। मैदानबाहिर रहेका प्रशिक्षक तथा हजारौं दर्शकको हौसलाकाे परिणाम हो। समग्रमा त्यो नेपालको जित हो।

सुनील बल एन्फा एकेडेमीका उत्पादन हुन्। सन् २०१५ राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप यु–१८ को उपाधि जित्दा उनी टोलीका एक महत्त्वपूर्ण सदस्य रहेका थिए। उनी नेपाली राष्ट्रिय फुटबल जगतका फ्रि किक तथा कर्नर किक हान्नका लागि माहिर खेलाडीका रूपमा २०१८ साफ च्याम्पियनसिप देखि स्थापित भएका थिए। सुनिल बल हाल थ्री स्टार क्लबबाट नेपाली राष्ट्रिय लिग शहिद स्मारक ए–डिभिजन लिग खेल्ने गर्दछन्।

बलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए। सन् २०१८ को साफ च्याम्पियनसिपमा उनले राष्ट्रका लागि पहिलो अन्तराष्ट्रि फुटबल खेलेका थिए। उक्त प्रतियोगितामा भुटानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सुनिल बल नेपाली फुटबल जगतमा स्टार खेलाडीका रूपमा स्थापित हुन सफल भएका थिए। उनी नेपाली टिमको भरपर्दा युवा मिडफिल्डर हुन्। १३ औं सागमा घरेलु मैदानमा नेपाललाई स्वर्ण जिताउन उनले भुटानविरुद्ध गरेको गोल नेपाली फुटबलप्रेमीकाे लागि ऐतिहासिक पल बन्न सक्याे। उनले  गरेकाे उक्त हेर्डर गाेल साँच्चै अविस्मरणीय रहनेछ।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

२०७६, ८ माघ बुधबार १३:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९