महोत्तरी, १८ माघ – विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज (शुक्रबार) दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन्।

वर्षाैंदेखि पाउँदै आएका सेवासुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिक रूपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन्।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलाल अनिश्चितकालीन आमरण अनशन बसेका हुन्।

गत साउन महिनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रतिमजदूर रु. ३ हजार ७ सय ५० उद्योग प्रशासनले नदिएको भन्दै सो को माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदूरले इण्डष्ट्रिजको मूलगेट अगाडि आमरण अनशनमा बसेका हुन्।

अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्ण रूपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदूर नेता पर्शुराम खनालले बताएका छन्।

खाइपाइआएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदूर नेता मुरारी दुलालले जानकारी दिएका छन्।

आमरण अनशनमा बसेका मजदूरलाई प्रदेशसभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबिर लगाएका थिए।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार