काठमाडौं – केहि समयदेखी बन्द रहेको बिईगं ह्युमन ब्राण्डको शोरुम पुनः सञ्चालनमा आएको छ। वस्त्र इन्कको स्वामित्वमा रहेको प्रख्यात कपडाको ब्राण्ड विईगं ह्युमन नयाँ व्यवस्थापनको साथमा पुनः सञ्चालनमा आएको हो।

काठमाडौंको दरबारमार्ग र पोखराको ट्रेड मलमा आउटलेट रहेको बिईगं ह्युमन आन्तरिक समस्याका कारण केहि समय बन्द भएकाे थियो। ‘हामीले पुराना सबै समस्याहरु सुल्झाएर मात्र शोरुम खोल्ने भनेर बन्द गरेका थियौँ,’ सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘अब सबै समस्या सुल्झिसक्यो।’

नयाँ व्यवस्थापनका साथ खुलेको विईगं ह्युमनका अर्का सञ्चालक सुदिपचन्द्र बख्रेलले बिईगं ह्युमनलाई अब नेपालमा नयाँ तरिकाले अघि बढाउने बताए। ‘हामीले नयाँ कार्ययोजना बनाएका छौँ,’ सञ्चालक बख्रेलले भने, ‘विईगं ह्युमन ब्राण्डका पारखीहरुलाई निराश हुन नदिने नै हाम्रो पहिलो लक्ष्य हो।’

वस्त्र ईन्कका सञ्चालक सन्तोषचन्द्र बख्रेलले अहिलेको मौसम र ग्राहकको मागलाई मध्यनजर गर्दै नयाँ कपडाहरु आयात गर्न लागिएको जानकारी दिए। ‘हामीले नयाँ कपडाहरु अर्डर गरिसकेका छौँ,’ सञ्चालक बख्रेलले भने, ‘अब केहि दिनभित्र नै हाम्रो आउटलेटहरुमा नयाँ कपडाहरु देखिनेछन्।’

विईगं ह्युमनले अहिले कपडासँगै विईगं ह्युमन व्राण्डकै ई–साईकल समेत नेपाल भित्र्याउन लागेको अर्का सञ्चालक सुरज केसीले जानकारी दिए। ‘गुणस्तरीय साईकल हामीले निकै सुपथ मुल्यमा उपलव्ध गराउछौँ,’ केसीले भने, ‘साईकलप्रेमीहरुका लागि यो खुशीको खबर हो।’

अहिले साईकल स्टोरमा आईनपुग्दै १ सय भन्दा बढी साईकलको बुकिङ भइसकेको उनले बताए।

बलिउड स्टार सलमान खानद्वारा सञ्चालित विईगं ह्युमन फाउण्डेनद्वारा सञ्चालित विईगं ह्युमन क्लोथिङले आफ्ना उत्पादन बेच्दा हुने मुनाफाको निश्चित रकम विभिन्न च्यारिटिहरुमा खर्च गर्दै आएको छ।

बिईगं ह्युमनको शो रुम केहि समय बन्द हुँदा निराश बनेका सलमान खानका समर्थकहरु पनि शोरुम पुनः सञ्चालनमा आएपछि खुशी भएका छन्। ‘विईगं ह्युमन कपडामात्र होईन, सलमान खानका समर्थकहरुको लागि शान पनि हो,’ सलमान खानका समर्थक तथा विईगं ह्युमन क्लोथिङका उपभोक्ता सुरज अधिकारी भन्छन्, ‘शो–रुम पुनः सञ्चालनमा आउने कुराले हामी उत्साहित छौ।’

 

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११