सुर्खेत, १९ माघ –एनएमवी बैंकले कर्णालीका लघु घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षर बनाउने अभियान शुरु गरेको छ। बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघसँगको सहकार्यमा उद्यमीहरुको आर्थिक उपार्जनमा वृद्धिसँगै रोजगारी सिर्जना गर्ने उद्देश्यले अभियान शुरु गरेको हो।

अभियानअन्तर्गत पहिलो कार्यक्रम बिहीबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। एनएमबी बैंकका कर्णाली प्रदेश प्रबन्धक उज्ज्वल रिजालले साना मझौला उद्यमीहरु अहिले पनि बैंकको कारोबारमा अत्यन्त न्यून मात्र संलग्न रहेको पाइएको बताए। उनले आम उद्यमीहरुको बैंकसम्म सहज पहुँचका लागि वित्तीय साक्षरता जरुरी रहेकाले अभियान सञ्चालन गरिएको बताए। ‘सुर्खेतमा आफ्ना बैंकका शाखाहरु मार्फत नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बैंकले छिट्टै लघु घरेलु तथा साना उद्यमीसँगै अन्य व्यवसायीलाई समेत वित्तीय साक्षरता अभियानमा समेट्ने छ।’

उनले वित्तीय साक्षरता अभियानमार्फत महिलाहरुको पहुँच बैंकसम्म बिस्तार गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार बैंकले महिलाहरुलाई योजना हेरेर सहजरुपमा ४ देखि १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ। वित्तीय साक्षरता अभियानले लघु घरेलु तथा साना उद्यमीलाई रोजगार दिलाउने र आर्थिकरुपमा सक्षम बनाउने उनले अपेक्षा राखे।

सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतले बैंकहरु नाफामुखी मात्र नभएर जनमुखीसमेत हुनुपर्ने बेला आएको बताए। उनले बैंकका सकारात्मक कार्यमा आफूहरुको सधैँ साथ रहने जनाए। आर्थिक इमान्दारिता र अनुशासन नहुनेको जमात ठूलो बन्दै गएको भन्दै यसमा सजग रहनसमेत उनले आग्रह गरे।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले लघु घरेलु तथा साना उद्यमीहरुको आर्थिक क्षेत्रमा पहुँच अत्यन्त न्यून रहेको बताए। उनले जबसम्म लघु घरेलु तथा साना उद्यमीहरुको आत्मनिर्भर बन्दैनन् र समान आर्थिक पहुँचकाे अवस्था आउँदैन तबसम्म समाजपछि नै पर्ने जनाए। त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिका शाखा अधिकृत ईन्द्रबहादुर थापाले लघु घरेलु तथा साना उद्यमीहरुको आर्थिक अवस्था सुधार र आत्म निर्भरताको क्षेत्रमा ठोस कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए। उनले सर्वसाधारणको पहुँच पुग्नेगरी बैंकहरुले यसतर्फ ध्यान दिन आग्रह गरे।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले वित्तीय गतिविधिका बारेमा जानकार नहुँदा लघु घरेलु तथा साना उद्यमको पुँजी बैंकसम्म पुग्न नसकेको बताए। उनले वित्तीय साक्षरताको शुरुवात घरघरबाट हुनु जरुरी रहेको पनि बताए। उनका अनुसार पैसा कमाउने, व्यवस्थापन गर्ने र खर्च गर्ने कुराको ज्ञान हरेक सर्वसाधारणमा हुनु जरुरी छ।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४