२०७४ साल वैशाखमा शिलान्यास गरिएको मन्दिरको निर्माण कार्य यही चैत्र भित्रमा सकिने बृहत्तर मुक्ति धाम क्षेत्रका अध्यक्ष हेमप्रसाद घिमिरेले नेपाली पब्लिकलाई जानकारी दिए। भौतिक संरचना निर्माणको काम ९० प्रतिशत सकिएको उनले बताए। उनले भने, ‘चैत्र महिनामा आयोजना हुने महामति प्रणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय महामहोत्सव अगावै निमार्ण कार्य सकिन्छ।’

मन्दिर निर्माणका लागि नेपालमा कालीगढहरु नपाइएकाले भारतीय कालीगढहरु झिकाएर काम भइरहेको अध्यक्ष घिमिरेले बताए। उनका अनुसार अहिले मन्दिरमा रंगरोगन लगाउने काम भइरहेको छ।

इटहरी उपमहानगरको २० लाख, प्रदेश सरकारको २५, लाख संघीय सांसद कोषवाट २० लाख तथा मोरङको सुन्दरहरैंचा नगरपालिका र सर्वसाधारणको सहयोगमा मुक्तिधामको निर्माण भएको हो। उपमहानगरको गुरुयोजनाअन्तर्गत सो क्षेत्रमा व्यवस्थित घाट निर्माण गर्नेसमेत योजना छ।

धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले आगामी चैत २३ देखि धाममा सप्ताहव्यापी महामहोत्सव गर्न लागिएको छ। महोत्सवमा श्रीमत्तारतम सागर वाणी चर्चा, श्रीमद्भागवत महापुराण कथा वाचन साथै धर्माचार्यज्यूवाट आशिर्वचन, विशिष्ट सन्त महात्मा, गुरुजन, पण्डित, धर्म प्रचारक, सङ्गीतकारहरूको भजन प्रवचन सहितको कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८