डोटी, २० माघ – जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट १० लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत साउन महीनादेखि पुस मसान्तसम्म उक्त रकमको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको राजश्व शाखाले जानकारी दिएको छ।

जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाएको भन्दै दीपायल ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ। जिल्लामा विना चालक अनुमतिपत्र (लाइसेन्स) सवारीसाधन चलाउनेको सङ्ख्या पनि बढेको र सरकारी सवारीसाधनले बढी नियम उल्लङ्घन गरेकाले आफूहरुले कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले बताए।

उनले भने, “सरकारी मोटरसाइकलहरु बढी दुरुपयोग हुने गरेको र नियम पनि तिनैले बढी उल्लङ्घन गरेकाले हामी कडारूपमा प्रस्तुत भएका हौँ।” जिल्लामा मापसे गरी सवारी चलाउने तथा नियम उल्लङ्घन गर्ने २५० जनालाई ट्राफिक सचेतनामूलक प्रशिक्षण दिइएको प्रमुख धामीले जानकारी दिए। अहिलेसम्म कम्तिमा पनि चार दर्जन सवारीसाधन कारवाहीमा परेको बताइएको छ। ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेपछि लाइसेन्स नभएका सवारी चालक घट्न थालेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

जिल्लामा सवारी चालकको लापरवाहीका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको स्थानीयवासीले बताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लाको बुडर, सानागाउँ, सिलगढीमा पोष्ट नै खडा गरी सवारी जाँच गरिरहेको छ। त्यस्तै ट्राफिक प्रहरीले विना लाइसेन्स सवारी चलाउन दिने सवारी धनीलाई समेत कारवाही गर्न थालेको छ।(रासस)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३