चिप्लेढुङगा– गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन्। पर्यटकीय नगरी पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई अझ आकर्षित गर्न यही पुस १६ गते विशेष कार्यक्रम आयोजना हुँदै छ।

नेपाल भ्रमण वर्षलाई औपचारिकरूपमा स्वागत गर्न गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ। गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय शहर भएकाले पनि भ्रमण वर्षको सन्देशलाई देश–विदेशसम्म पुया्उन औपचारिक कार्यक्रमलाई भव्य बनाउने तयारी भएको मन्त्री लम्सालले जानकारी दिँदै भने, ‘गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ पनि समाप्त हुँदैछ।

हामीले समीक्षा गर्नेछौँ, नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारको विशेष पहल हुनेछ।’ उनले गण्डकीको संस्कृति, प्रकृति र साहसिक खेललाई अन्तरराष्ट्रिय जगत्मा पुया्उन प्रचार–प्रसार साथै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको उल्लेख गरेका छन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमखु काशीराज भण्डारीले सरकारको योजनालाई सफल बनाउन र गण्डकी प्रदेशको पर्यटनलाई अझै उचाइमा पुया्उन भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रमले पनि महत्व राख्ने बताएका छन्।

हरेक वर्ष यहाँ आयोजना हुने सडक महोत्सवबाट भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुगेको उनले विश्वास व्यक्त गरेका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रबाट काम भएको जानकारी दिएका छन्। उनले भने, ‘हामीले गुणस्तरीय सेवामा जोड दिँदै पर्यटनमैत्री वातावरण सिर्जना गरेर सकारात्मक सन्देश प्रवाहमा जोड दिनेछौँ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रर्दशन गरिने कार्यक्रमका सहसंयोजक अग्नि कँडेलले जानकारी दिएका छन्। उनले भने, ‘नेपाल सरकारले जनवरी १ मा सातै प्रदेशमा भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रम गर्दैछ। हामीले पनि यसलाई अझ भव्य र व्यवस्थित बनाउन १५ उपसमिति बनाएर आन्तरिक तयारीलाइ तीव्र पारेका छौँ।’

औपचारिक कार्यक्रममा ११ जिल्लाको सांस्कृतिक झाँकी, कृषि उपज प्रदर्शनी, हस्तकलालगायतको प्रर्दशनी र विभिन्न सङ्घसंस्था, विद्यार्थी, उद्योगी, व्यापारीसहितको या्ली निकालिने आयोजकले जनाएका छन्। सोही अवसरमा पोखरा फेवा किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने प्रयास हुने छ।

रासस

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५