काफिला तीन समूहमा निकालिन्छ। पुस महिनाको शुक्ल पक्षमा निस्कने शिवभक्त तीर्थालुलाई अगुवा (लमी) भन्ने गरिन्छ। त्यस्तै माघे सङ्क्रान्तिपछि निस्कने समूह तिलक देउवा (दाइजो लिने) हो। र, तेस्रो काफिला भने श्रीपञ्चमी (वसन्त पञ्चमी)पछि निकालिन्छ। यसलाई बरतीया (जन्ती) भन्ने गरिन्छ।

स्थानीयस्तरमा यसलाई पवित्र धार्मिक कार्यका रूपमा लिइने गरिन्छ। स्थानीय बोलीचालीमा ‘काफिला’ तथा ‘विटोर’ भनिने यो तीर्थयात्रामा सहभागी हुने तीर्थालुलाई काँवरिया वा बाबा भनिन्छ। यसमा सहभागी हुने हरेक सदस्यलाई यात्रा अवधिभर सन्त तथा साधु महात्मासरह लिइन्छ।

काफिलामा अनुशासन कायम गराउनका लागि जमदार (प्रमुख), डिट्ठा (महामन्त्री), सिपाही र चौकीदार तोकिएको हुन्छ। उनीहरूलाई काफिलाका सदस्यहरूको आचरणको विषयमा केही समस्या आए छानबिन गर्ने, शुद्धि गराउने तथा दण्डित गराउनेसम्मको अधिकार हुने बहुदरमाई–४, डकैला बहुअरीका लक्ष्मण यादवले बताए।

भक्तजनहरू पूर्ण ब्रह्मचर्यसहित कडा अनुशासनमा एकमहिने यात्रामा नाङ्गो खुट्टाले हिँड्नुपर्ने यादवले बताए। उनका अनुसार काफिलाका सहभागीहरूले प्रयागराज (इलाहाबाद) वा त्रिवेणी (भैसालोटन)मा कपाल खौरिई नदीबाट ल्याएको जल इच्छाएका शिवालयमा अर्पण गर्ने गर्छन्।

काफिलामा निस्केका तीर्थालुहरूका तीनवटै टोलीले आफूले भाकल गरेका स्थानमा पुगी शिवालयमा जल अपर्ण गर्ने गरेका छन्। भारतको ‘प्रयागराज’मा रहेको गंगा तथा जमुना नदीको सङ्गमबाट जल लिई फर्केका शिवभक्तहरूको वसन्त पञ्चमीका दिन भारतस्थित विहारको अरेराजस्थित सोमेश्वरनाथ महादेवलाई अपर्ण गरिने काफिलामा सहभागी बहुदरमाई–४, डकैला बहुअरीका भोला साहले बताए।

गंगाबाट जल लिएर फर्कंदा बाटोको कुनै एक स्थानमा गंगापूजा गरिन्छ। यो दिनमात्र यात्रुले प्रसादबापत गुलियो खान पाउँछन्। यात्राभरि मांसाहार, लसुनप्याज र मादक पदार्थसँगै गुलियो पनि वर्जित हुन्छ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८