सुर्खेत– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई आग्रह गरेका छन्।

नववर्ष सन् २०२० को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश नेपालमा विविधताभित्र एकता कायम भएको बताएका छन्। मुलुक धर्म्निरपेक्ष भइसकेकाले विभिन्न धर्ममा आस्था राख्ने सबै समुदायका नागरिकलाई धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै देश विकासमा लाग्न उनले आग्रह गरेका छन्।

‘कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को लक्ष्य हामी सबै धर्म सम्प्रदायका मिलेर पूरा गर्नुपर्छ’, मन्त्री रावलले भने, ‘यो ख्रिष्टमस पर्वले हामी सबैलाई एक भएर काम गर्ने प्रेरणा मिलोस्।’ नयाँ वर्षको नयाँ ऊर्जाले कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने उनले जिकिर गरेका छन्।

इसाई धर्मगुरु रेभरेण्ड डा बालकृष्ण शर्माले धर्म र संस्कृतिले चरित्रवान एवं निष्ठावान व्यक्ति निर्माण हुने बताएका छन्। डा शर्माले भने, ‘खराब कुराको जरा मानिसको हृदयमा भएको पाप हो। जसले मानवबीच हिंसा, विवाद, द्वन्द्व ल्याएको छ।’ तीर्थ तथा दानले उद्धार र मुक्ति पाउन नसकिने भन्दै संसारका दीन, दुःखी र अप्ठ्यारोमा परेकाहरुका सहयोगी बन्न उनले सबैलाई आग्रह गरेका छन्।

इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले संविधानले व्यवस्था गरेको धर्म्निरपेक्ष राज्यमा सबै धर्मावलम्बीलाई समान व्यवहार गरी असल संरक्षकको भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्।

रासस

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१