नेपालगन्ज– नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ। नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ भने सरोकारवाला निकायलाई यसले ठूलो चुनौती थपिदिएको छ।

नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा गत एक वर्षको अवधिमा ८६९ महिला हराएको भन्दै खोजीका लागि निवेदन पर्नुले मानव बेचबिखन अब सतही विषय नभएको प्रष्ट भएको छ। बेचिएको तुलनामा उद्धारको प्रतिशत अत्यन्तै न्यून हुनु यसको अर्को दुःखद् पक्ष हो।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, उक्त अवधिमा हराएकामध्ये अहिलेसम्म २९७ जना मात्र फेला परेको छन्। त्यस अवधिमा बाँकेको नेपाल–भारत सीमानाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ८९६ जनालाई परामर्श दिएर घर फर्काइएको थियो भने भारतमा यौन शोषणमा परेका सात जनाको माइती नेपाल उद्धार गरेको थियो।

पछिल्लो समय मानव बेचबिखनको समस्याले विश्वलाई नै गाँजेको छ। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। पछौटेपन र गरिबीलाई मानव बेचबिखनको मुख्य कारण मानिन्छ। नेपालले पनि यही नियति भोग्दै आएको छ। नेपालमा विशेषतः काम पाउने लोभमा बालबालिका र महिला बेचिने गरेका छन्।

नेपाल सरकारले भारतको बाटो भएर तेस्रो मुलुकमा रोजगारीका लागि जान रोक लगाएको छ तर, मानव दलालले भने विभिन्न जिल्लाका महिला तथा किशोर अवस्थाका बालबालिकालाई रोजगारीको प्रलोभनमा पारी भारत लैजाने गरेको मानव बेचबिखनविरुद्ध काम गदै आएका सङ्घसंस्थाले बताउँदै आएका छन्। माइती नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष १० हजार नेपाली महिला भारत र खाडीमुलुकमा बेचिने गरेका छन्।

अर्कोतर्फ तेस्रो मुलुकमा बेचिएका नेपाली महिला तथा बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र नहुँदा उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन। सचेतनाको कमी, गरिबी, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न कारणले मानव बेचबिखन बढ्दै गएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाको ठम्याइ छ। सन् २०१९ को एक वर्षे अवधिमा दिल्ली पुया्एर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो। त्यसअघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो।

संयोजक कोइरालाका अनुसार, भारत र खाडीमुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ। ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ’, संयोजक कोइरालाको भनाइ छ।

कामको प्रलोभनमा अवैधरूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ। कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको छ। राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारेर महिलालाई अवैरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन्।

महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ। अर्कोतर्फ, मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ।

यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्धार, पुनःस्थापन र पैरवीसमेत हुँदै आएको छ।

बाँकेको सीमानाका हुँदै रोजगारीका लागि अवैधरूपमा भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिनहुँजसो निवेदन दिनुलाई मानव बेचबिखन नेपाली समाजका लागि दिन प्रतिदिन जटिल बन्दै गएको छ भन्दा अतिशयोक्ति नहोला।

(रासस)

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, २ फाल्गुन शुक्रबार १९:५८

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

२०७६, २ फाल्गुन शुक्रबार ०८:३३

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६