एजेन्सी– नेपाल सरकारले सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ कार्यक्रम गरेसंगैं हङकङमा पनि भब्य रुपमा प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

सेन्ट्रलस्थित अब्जरबेसन ह्विलमा हङकङको एक्सन कमिसनर कमिसन अफ टूरिजम मिस क्याट्रीन चोईको प्रमुख अतिथिमा प्रबर्द्धन कार्यक्रमको उद्घाटन गरिएको थियो।

नेपाल सरकारको तर्फबाट महावाणिज्यदूत कमल प्रसाद भट्टराईले मिस चोईसहित सबैलाई धन्यवाद दिदै नेपालको प्रबर्द्धन र त्यहाँको आकर्षणबारे बताएका थिए। कार्यक्रममा तीन पटक सगरमाथा आरोहण गरेका हङकङका जोन चाङ ची सिङलाई मिस चोइ र महावाणिज्यदूत भट्टराईले गुडविल एम्बास्टरको प्रमाण पत्र प्रदान गरेको थियो।

हङकङको सबै भन्दा धेरै पर्यटकीय क्षेत्र मानिने अति ब्यस्त सहर हङकङ साईडलाई लक्षित गरि भिजिट नेपालको ठूल्ठूला ब्यानर, आकर्षक टि–सर्ट, नेपालको मौलिक पोषाक, नेपाली टोपी, बाजा–गाजा, ढोल–झ्याम्टा, नेपाली झण्डा, प्लेकार्डसहित विभिन्न जातिय झाँकी प्रदर्शन गर्दै परिक्रमा गरिएको थियो।

पर्यटक प्रयोजनको दुई तले पाँचवटा खुला बसमा घुम्ने क्रममा उक्त विग बसले समेत डिजिटल स्क्रिनमा ‘भिजिट नेपाल २०२०’ लेखेर प्रबर्द्धक कार्यक्रमलाई सहयोग गरेको थियो।

संयोजकसहित नेपाली प्रतिनिधिमूलक नौ वटा संघ–सस्था मिलेर आयोजना गरेको प्रबर्द्धन कार्यक्रममा अन्य तीन दर्जन संघसस्थाको प्रतिनिधि गरि ४०० नेपालीको सहभागिता रहेको थियो। हङकङ युनिभर्सीटीका विद्यार्थीहरुसहित स्थानीय चाइनिज समेत सहभागी रहेको विगबस यात्रामा अन्य यात्रु तथा दर्शकले हात हल्लाएर स्वागत गरेका थिए।

नेपाली महावाणिज्य दूतावास हङकङ संयोजक रहेको प्रबर्द्धन समितिमा सह–संयोजक गैरआवासीय नेपाली संघ हङकङ, नेपाल एयरलायन्स हङकङ, नेपाली महासंघ हङकङ, आदिवासी जनजाति महसंघ हङकङ, नेपाल चेम्बर अफ कमर्स, प्रवासी नेपाली एकता मञ्च हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ सदस्य रहेको थियो।

नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धन कार्यक्रमको लागि स्थापित समितिले हङकङमा एक वर्षसंगै रहेर ‘भिजिट नेपाल २०२०’ को विभिन्न कार्यक्रम गर्ने सदस्य संस्थाको प्रतिनिधिले बताए।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११