
सुर्खेत, २१ माघ – कर्णालीमा अप्टिकल फाइबर प्रणालीमार्फत टेलिफोन तथा इन्टरनेट सेवा विस्तारको तयारी गरिएको छ। विश्व सूचनाप्रविधिको फाइबर प्रणालीलाई भविष्यमा चीनसँग जोड्ने तयारी गरिएको हो। यसबाट दुई देशबीचको व्यापारमा समेत सहयोग पुर्याउने लक्ष्य लिइएको छ।
यसअघि यो प्रणाली मेची-महाकाली राजमार्गमा सञ्चालनमा ल्याइएको थियो। पहिलो चरणमा यसको विस्तार कर्णाली प्रदेशको राजधानीसहित राजमार्ग अन्तर्गतका बजार क्षेत्रहरूमा गरिनेछ।
नेपाल टेलिकम सुर्खेत शाखा प्रमुख नवराज खतिवडाले भने, ‘उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्ने उद्देश्यसहित सरकारले यसको पूर्वाधार निर्माण र विस्तार कार्य शुरु गरेको हो।’ उनले भविष्यमा चीनसँग जोड्न कर्णाली राजमार्गसँगै मध्यपहाडी लोकमार्गलाई आधार मानेर ब्रोडब्यान्ड पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको बताए।
संघीय संरचनाअनुसार कर्णालीका लोकमार्ग र सहायक राजमार्गमा फाइबर बिच्छ्याइने छ। उक्त कार्यका लागि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आवेदन माग गरी सेवा प्रदायकसमेत टुङ्गो लगाइसकिएको छ।
त्यस्तै विभिन्न १५ वटा प्याकेजमा कर्णाली, प्रदेश ७ र २ का अधिकांश जिल्लासहित अन्य जिल्लालाई समेत समेटेर त्यहाँका सार्वजनिक स्थानमा इन्टरनेट नेटवर्क विस्तार र पहुँच पुर्याइनेछ। त्यसका लागि सेवा प्रदायक छनोटको काम प्राधिकरणले यसअघि नै सम्पन्न गरिसकेको थियो।
प्राधिकरणले मध्यपहाडी लोकमार्गमा फाइबर बिच्छ्याउन मात्र करिब १० अर्ब रुपियाँ लगानी गरेको छ। यो आयोजनाअन्तर्गत अप्टिकल फाइबर बिच्छ्याउन नेपाल टेलिकमसँग करिब ५ अर्ब रुपियाँको सम्झौता भइसकेको छ।
सम्झौताअनुसार प्राधिकरणले प्रदेश ४ र ५ अन्तर्गत मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्न युनाइटेड टेलिकम (यूटीएल)ले २ अर्ब रुपियाँ प्राधिकरणबाट प्राप्त गरेको छ। यूटीएलले प्राधिकरणसँगको सम्झौताअनुसार गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म फाइबर बिच्छ्याउनु पर्नेछ।
त्यस्तै ३ अर्ब रुपियाँमा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर विस्तार गर्न स्मार्ट टेलिकमले जिम्मा पाएको छ। टेलिकम सुर्खेत शाखा प्रमुख खतिवडाका अनुसार यो प्रविधिको टेलिफोन सेवा शुरु भएपछि उपभोक्ताले गुणस्तरीय सञ्चार सुविधा पाउने छन्। यस प्रविधिको प्रयोगले टेलिफोन र इन्टरनेट सेवा छिटो र भरपर्दो हुनेछ।
‘फोटो, तथ्याङ्क, आवाज र श्रव्यदृश्य सहज रूपमा पठाउन सकिनेछ,’ उनले भने, ‘यसबाट बैंक, व्यापारिक प्रतिष्ठान र सर्वसाधारणले कर्णालीमा पाइने सबै सुविधा हालको भन्दा सुलभ मूल्य र सरल रूपमा प्राप्त गर्न सक्नेछन्।
हाल कर्णालीका दुर्गममा सीडीएमए र भी-स्याट टेलिफोन प्रयोगमा छन्। बैंकहरूले आफ्नो आन्तरिक नेटवर्कका लागि पनि स्याटेलाइट सिस्टमको सञ्चार साधन प्रयोग गरिरहेका छन्। उनका अनुसार फाइबर बिच्छ्याएको ४ किलोमिटर आसपासमा स्थानीय एक्स्चेञ्जमार्फत तत्काल मागअनुसारको फोन जडान गर्न सकिनेछ। अप्टिकल फाइबर बिच्छ्याउनका लागि धेरैजसो सामान सुर्खेत आइपुगेको प्रमुख खतिवडाले बताए। उनका अनुसार अबको केही दिनमै अप्टिकल फाइबर बिच्छ्याउने कार्य शुरु हुनेछ।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


