काठमाडौं– सेयरबजारप्रति अनुदार छवि बनाएका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल फागुनमा सकिँदै छ। उनको दल नेकपाले राष्ट्रियसभामा यसअघि प्रतिनिधित्व गरेकालाई नदोर्होयाउने निर्णय गरेसँगै खतिवडाको मन्त्री पद गुम्ने चर्चाको प्रभाव सेयरबजारमा परेको छ। खतिवडालाई सांसद नबनाइएमा उनको मन्त्री पद ६ महिनापछि स्वतः सकिनेछ।

खतिवडाको मन्त्री पद सकिन लागेकै कारण आइतबार र सोमबार सेयर बजार लगातार बढेको विश्लेषण गरिएको छ। चार महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ सय अंकमा पुगेको छ। २०७६ भदौ १० मा १२०८ अंकबाट झरेपछि पहिलोपटक सोमबार १२००.६९ अंक पुगेको हो। सोमबार नेप्सेमा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँको व्यापार भएको छ। आइतबार नेप्से परिसूचक ११८२.४३ थियो।

यो रकम विगतमा सेयर बजार घट्दाको समयको तुलनामा दैनिक औसत कारोबारको दोब्बर हो। कारोबार रकम बढ्नुले लगानीकर्ता सेयरबजारप्रति उत्साहित देखिएका छन्। आइतबार पनि नेप्से परिसूचक १४ अंक बढेको थियो। ‘नेप्सेले लामो समयदेखि हतोत्साही लगानीकर्तालाई मनोबल दिएको छ’, नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्सालले भने।

सेयरबजारको बढोत्तरीको आधार भने कमजोर छ। गत साता अन्त्यमा नेकपाले राष्ट्रियसभामा उम्मेदवार नदोर्होयाउने निर्णय गरेको थियो। लगानीकर्ताको अर्थमन्त्री लक्ष्यित ‘मनोबल’ बढेको सेयरबजारले प्रतिनिधित्व गरेको छ। खतिवडा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन्। अन्य उम्मेदवारको हकमा नदोहोरिने निर्णयका कारण खतिवडालाई मात्र दोर्होयाएर मनोनीत गराउने सवालमा नेकपालाई नैतिक दबाब परेको छ।

सेयरबजारप्रति खतिवडाको धारणाबारे नेकपाभित्रै आलोचना हुने गरेको छ। खतिवडाले सेयरबजारलाई ‘तरकारीको भाउ’ जस्तो भनेर तुलना गरेपछि नेकपाकै एक नेताले अर्थतन्त्रमा सेयरबजारमा हुने कारोबार मानव शरीरमा मुटुले रगत पम्प गरेजस्तै भएकाले उदार हुन आग्रह गरेका थिए।

खतिवडा २०७४ फागुन १४ मा अर्थमन्त्री बनेका थिए। खतिवडा अर्थमन्त्री हुँदा नेप्से परिसूचक १३५८.९५ बिन्दुमा थियो। त्यतिबेला कुल बजार पुँजीकरण १५ खर्ब ८९ अर्ब रुपैयाँ थियो। सोमबार नेप्से परिसूचक १२०० अंकको थ्रेसहोल्ड पार गरेपछि १५ खर्ब ३० अर्ब रुपैयाँ छ। यो वृद्धिले लय समातेमा लगानीकर्ताले लाभ पाउन सक्छन्। अहिलेको स्तरबाट उकालो लागेमा नेप्से १२८४ अंकसम्म उक्लिन सक्ने देखाएको छ। यो स्तरबाट घटेमा भने ११४९ अंकमा रोकिन सक्छ।

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१