दाङ– दाङको देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हो। राप्ती गाउँपालिका–९ मा पर्ने देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ। सामान्य सडक र विद्युत् पुगे पनि सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ। पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्व्तिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ।

पहाडको चुचुरेमा अवस्थित देवीकोटको भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँ–नयाँ संरचना निमार्ण पनि भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा रहेका छन्। किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ।

मन्दिरका पूजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधाना हुँदै आएको छ। भद्राक्षीदेवी मन्दिरमा पूजाआराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी बताउछन्।

‘देवीकोटसम्म ठूला सवारी साधन नपुगे पनि साना सवारी साधन पुगेपछि साना गाडी र मोटरसाइकलबाट भए पनि भक्तजन मन्दिरसम्म पुग्ने गरेका छन’, उनले भने, ‘मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतिक्षालय निर्माणको काम गरेका छन्।’

मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मशाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण गरिएको उनले बताए। अघिल्लो वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय मोटर बाटो पुगेपछि भने भक्तजन बढेका छन्। करीब तीन बिघा छ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाह मण्डप, हनुमान मन्दिर निमार्णाधीन अवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

देवीकोट दाङको चुरे श्रृङ्खलाको ऐतिहासिकस्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन्। मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ। यस घोरेबासमा भुरेटाकुरे राजाका समयमा अड्डा अदालत र गोश्वारा कार्यालयसमेत रहेका स्थायीनवासीको भनाइ छ। मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ। कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउन टोला नामकरण भएको स्थानीय ७९ वर्षीय जेठ नागरिक लुमकान्त पौडेल बताउछन्।

देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ। देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशङ्खला, महाभारत शङ्खलका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतको सीमा क्षेत्रको भू–भागसमेत हेर्न सकिन्छ। गाउँपालिकाभित्र ऐतिहासिक, धार्मिक र साँस्कृतिक धरोहर धेरै छन् । कतिपय प्राकृतिक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ। रासस

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११