समिना रञ्जितकार, वीरगञ्ज, २२माघ– व्यवस्थित वीरगञ्ज अभियान र जिल्ला ट्राफिक प्रहरी कार्यालयले अव्यवस्थित पार्किङ गरिएका सवारी साधनमाथि कारवाही शुरु गरेको छ। संयुक्त टोलीले सडकपेटीमा अनाधिकृत रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन पनि थालेकाे छ।

सोमबारदेखि पुनः शुरु गरिएको अभियानअन्तर्गत मंगलबार बिहान मात्रै घण्टाघरदेखि बिर्तासम्म विभिन्न स्थानमा अव्यवस्थित रुपमा राखिएको ३० वटा मोटरसाईकल र दुईवटा बसलाई कारवाही गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

अभियानमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मानबहादुर राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर राजकुमार सिंह, वडा प्रहरी कार्यालय वीरगञ्जका इन्स्पेक्टर निशान थापा, व्यवस्थित वीरगञ्ज अभियानका सदस्यहरु लगायतको सहभागिता थियो।

वीरगञ्जलाई व्यवस्थित बनाउन अभियान थालिए पनि स्थानीयहरूले नै अटेर गरेका कारण बजार क्षेत्र अझै व्यवस्थित बन्न सकिरहेको छैन। पार्किङ, बजार तथा सडकहरुलाई व्यवस्थित बनाउने अभियान चलेपनि सडक चौडा नभएको बहानामा सर्वसाधारणहरुको अटेर गर्ने प्रवृत्तिका कारण व्यवस्थित वीरगन्ज अभियानमा चुनौतीहरु देखिएकाे अभियन्ताहरूले बताएका छन्।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८