हरिश चन्द, डडेल्धुरा, २२ माघ – पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको सामान फिर्ता लगेको छ। ७ सय ५० मेगावाटको उक्त आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ थ्री गर्जेज कम्पनीले पश्चिम सेती नबन्ने भएपछि परियोजनाका सामानहरू हेलिकप्टरमार्फत ओसार्न थालेको हो।

४० वर्ष बितिसक्दासमेत उक्त आयोजना नबन्दा स्थानीय चिन्तित बनेका छन्। एकाएक थ्री गर्जेजले किन आफ्नो सामान फिर्ता लग्यो भन्ने विषयमा डोटी–डडेल्धुराका स्थानीय जनता कसैलाई पनि आधिकारिक जानकारी छैन।

पश्चिम सेती परियोजना बन्छ, सुदूरपश्चिम प्रदेशको मुहार नै फेरिन्छ, प्रदेश समृद्ध हुन्छ र हजारौँ स्थानीयलाई रोजगारीको अवसर मिल्छ भन्ने आशमा बसेका डोटेली युवाको सपना फेरि अधुरै रहको स्थानीय युवा लोकेन्द्रबहादुर बोहराको भनाइ छ।

पश्चिम सेती परियोजना डोटीका लागि मात्र नभई समग्र सुदूरपश्चिम प्रदेश र राष्ट्रकै गौरवको परियोजना भए पनि केन्द्रीय सरकारले ध्यान नदिँदा निर्माणकार्य अलपत्र परेको स्थानीयको आरोप छ। सुदूरपश्चिम प्रदेशको विकासका लागि पश्चिम सेती परियोजनाले महत्त्वपूर्ण योगदान दिने भए पनि विभिन्न बहाना देखाउँदै झन्डै ४० वर्षदेखि चर्चामा रहेको यो परियोजना हालसम्म निर्माण हुन सकेन।

अर्का स्थानीय मीनबहादुर बोहराले दुखेसो पोख्दै भने, ‘हामी बूढो हुन थालिसक्यौँ, बन्ने केही छाँटकाँट देखिँदैन, आएको सामान पनि उल्टै थ्री गर्जेजले फिर्ता लगेको देख्दा पश्चिम सेती परियोजना अन्योलमा परेको छ।’

उनले भने, ‘वर्षांै बित्यो आशैआशमा। म त्यतिबेला सानै थिएँ, २ कक्षामा पढथेँ, त्यतिबेलादेखि नै पश्चिम सेतीको चर्चा–परिचर्चा थियो। तर, म ४३ वर्षको भएँ अहिलेसम्म पनि पश्चिम सेती बनेको छैन। देशमा विभिन्न राजनीतिले पनि यो आयोजनालाई अघि बढाउन सकिरहेको छैन किन?’ यस क्षेत्रका नेता ठूल्ठूला भाषण मात्र गर्ने र यसलाई चुनावी एजेन्डामा सीमित राख्नेसमेत बोहराको भनाइ छ।

सन् १९८१ देखि पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण चर्चा शुरु भएको थियो। त्यतिबेला फ्रान्सेली संस्था सोग्रेहको र १९९४ मा नेपाल सरकारको विद्युत् विकास केन्द्र अष्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यसैगरी सन् १९९७ मा नेपाल सरकार र वेष्ट सेती हाइड्रोले ७ सय ५० मेगावाटको आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार