सुर्खेत– सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो औँल्याएका हुन्।

प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णालीको भूगोल, कला संस्कृति, इतिहास, पर्यापर्यटनलाई समेट्ने खालको शिक्षा नीति निर्माण गर्न जरुरी रहेको विचार व्यक्त गरे। ‘शिक्षामा पछाडि रहेकै कारण कर्णाली सबै सूचकका पछाडि परेको हो’, उनले भने, ‘राष्ट्रिय शिक्षा नीति पनि जारी भइसकेको अवस्था छ, प्रदेशले निर्माण गर्ने नीतिमा सबैका सुझाव समेटेर कर्णालीमैत्री बनाइनेछ, जसले विद्यमान शिक्षा क्षेत्रका ऐन–कानूनलाई मार्गदर्शन गर्नेछ।’

शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय कोषाध्यक्ष टीकाराम आचार्यले प्रदेशस्तरमा निर्माण गरिने शिक्षा नीतिमा कर्णालीको समग्र अवस्थालाई ध्यानमा राखिनुपर्ने सुझाव दिए। शिक्षक महासङ्घ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेपछि नयाँ–नयाँ समस्या सिर्जना भएको बताए। शिक्षक सङ्घ सुर्खेतका अध्यक्ष गोविन्द केसीले धेरै स्थानीय तहले शिक्षासम्बन्धी नीति ल्याउन नसकेकाले विद्यालय शिक्षामा अराजकता हाबी भएको धारणा राखे।

प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दछ। सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन, गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पत्ति व्यवस्थापन, शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामकरण, सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरणलगायतका काम स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्दछन्।

सरोकारवालाले प्रदेश शिक्षा नीति तर्जुमा गर्दा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारीसँग समन्वय गर्न आग्रह गरेका थिए। रासस

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१