काठमाडौं– युरोपेली महादेशको राजधानी मानिने मुलुक बेल्जियममा पहिलो पटक नेपाली युवतीहरुको सौन्दर्य प्रतियोगिता मिस नेपाल युरोप २०२० को आयोजना हुने भएको छ।

ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन लागेको प्रतियोगिता आगामी जनवरी २६ का दिन बेल्जिमयको लोवेन शहरमा हुने छ। यस अघि विभिन्न देशहरुमा गरिएको अडिसनको सहभागीहरुबाट १२ जनालाई फिनालेका लागि छनौट गरिएको छ।

ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाका अनुसार बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सविना नेपाली र ज्योति भट्ट लगायत आयरल्याण्डबाट संगीता थापा, अस्ट्रियाबाट सुशिला बोहरा, फिनल्याण्डबाट निरुषा खत्री, स्वीट्जरल्याण्डबाट रोजमेरी भोटिया, नर्वेबाट श्रद्धा थापा, जर्मनीबाट आश्मा घिमिरे तथा सामु पराजुली र फ्रान्सबाट श्रीया भण्डारी फाइनलिस्टका रुपमा चयन भएका छन्।

प्रतियोगितामा विजेता हुनेले नगद पुरस्कारका साथै क्राउन पाउने छन् भने फस्ट तथा सेकेन्ड रनर अपलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै प्रतियोगितामा मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस फोटोजेनिक र मिस कन्फिडेन्टको सबटाईटल समेत प्रदान गरिनेछ।

संयोजक थापा आफै युरोपियन मोडलिङ प्रतियोगिताको फाईनलिस्ट हुन्। थापाका अनुसार मिस नेपाल युरोप २०२० को विजेताले मिस नेपालको आगामी प्रतियोगितामा सिधै प्रवेश पाउने छन् भन्छिन्ः – कार्यक्रमको तयारी लगभग पूरा भईसकेको छ।

प्रतियोगिताको कोरियोग्राफर पूर्व मिस नेपाल सुगारिका केसी रहेकी छन् भने डिजाईनर युवी थापाको पहिरनमा प्रतियोगीहरु प्रस्तुत हुनेछन्।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११