दैलेख– आफैले जन्माएका दुई नाबालक छोरालाई विष खुवाइ हत्या गर्ने आमालाई जन्मकैदको फैसला सुनाइएको छ। महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आफ्नै छोरालाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए। ०७५ कात्तिक १० गते दिउँसो खाजामा विष घोलेर खुवाएपछि सात वर्षीय जेठो छोरा आयुष नेपाली र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको मृत्यु भएको थियो।

विष खुवाएको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल लैजादै गर्दा आयुसको बाटोमै र अमितको उपचारको क्रममा ०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते जाहेरी दर्ता भएको थियो।

आयुषको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो। शव परीक्षण प्रतिवेदनमा ती दुवै बालकलाई विष खुवाइएका कारण ज्यान गएको उल्लेख छ। आरोपित कल्पनालाई प्रहरीले कात्तिक २० गते हिरासतमा लिइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो। प्रहरीले अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मंसिर १० गते मुद्दा दर्ता गराएको थियो। सोहि दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी कसूर र सजाय ऐन २०७४ को दफा १७७ बमोजिक ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यबस्तुमा विष हाली मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ। ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रष्ट्याएको छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

ताेलामा २ सयले बढ्याे सुन मुल्य

ताेलामा २ सयले बढ्याे सुन मुल्य

२०७६, ५ माघ आईतवार १२:४५