बुटबल– प्रदेश नम्बर ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नम्बर ५ को राजधानीको विषयले चर्चा पाएको छ।

प्रदेश नम्बर ३ को राजधानीको नाम बागमती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नम्बर ५ को राजधानीबारे चर्को बहस सुरु भएको छ। प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।

आगामी माघ ५ गतेदेखि सुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

‘लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो’, बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भने, ‘प्रदेशसभाको पाँचौं अधिवेशनबाट यसको छिनोफानो हुन्छ।’ प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए।

प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताए।राजधानीका विषयमा पार्टीमा छलफल भए पनि ह्वीप भने नलाग्ने प्रमुख सचेतक ढकालले स्पष्ट पारे।

उनले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामाकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताए।

राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ। समितले प्रतिवेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली कांग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताए।

स्थायी राजधानी र नामाकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उनको भनाइ छ। अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उनको सुझाव छ।

‘राजधानी तोक्न धेरै ढिलो हुँदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ, उनले भने। लुम्बिनी नामाकरणका विषयमा भने विवाद नभएको उनले प्रष्ट पारे।

प्रदेशको राजधानी रुपन्देही र नामाकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ। गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ।

प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ। प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन्। रासस

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११