वीरगन्ज – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पश्चिमी पर्साको ठोरीमा आयोजित ‘हात्ती तथा जीप सफारी महोत्सव’ कठ्याङ्ग्रिदो जाडो तथा शीतलहरका कारण प्रभावित भएको छ।

दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवको आज अन्तिम दिनसम्म करीब ३५ हजार पर्यटकले मात्र अवलोकन गरेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए। ‘दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले महोत्सव अवलोकन गर्ने हामीले अनुमान गरेका थियौँ’, उनले भने, ‘करीब ५० हजारभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्नुपर्नेमा खराब मौसम तथा शीतलहरका कारण आज अन्तिम दिनसम्म करीब ३५ हजार पर्यटकले मात्र सो महोत्सव अवलोकन गरेका छन्।’

ठोरीको धार्मिक, ऐतिहासिक तथा पुरातात्विकस्थलको पहिचान, लोककला तथा स्थानीय संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल भ्रमण वर्षको अवसरमा आयोजित सो महोत्सव अत्याधिक जाडो तथा शीतलहरका कारण प्रभावित हुन पुगेको प्रचारप्रसार समितिका संयोजक माधव तिमिल्सिनाले बताए। महोत्सवमा ३० प्रतिशत भारतीय तथा ७० प्रतिशत नेपाली पर्यटकले अवलोकन गरेका छन्। ठोरी गाउँपालिका–५ सुवर्णपुरको गढवालाइनमा आयोजित सो महोत्सवमा २६ स्टल राखिएको थियो। महोत्सव अवधिभरी एक करोड मूल्य बरावरको आर्थिक कारोवार भएको बताइएको छ।

यही पुस २५ गतेदेखि २९ गतेसम्म अयोजित सो महोत्सवमा पर्यटनसँग सम्बन्धी सामग्री स्टल राखिएको थियो। महोत्सवले सोचे जस्तो पर्यटक आकर्षित गर्न नसके पनि ठोरीको भावी कार्ययोजना र पर्यटन विकासका सम्भाव्यता अध्ययनका लागि महत्वपूर्ण काम भएको ठोरी होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले बताए।

पर्सा जिल्लाको ठोरी गाउँपालिकास्थित रामहरि भाठा, दुर्लभ जनावर आउने घाँसेमैदान, जङ्गली जनावर, दुग्देश्वर महादेव, पर्सा तथा चितवन राष्ट्रिय निकुञ्जको मनमोहक दृश्य, बाघमोर्चा माई, राईधारा, अमृतधारा, झोलुङ्गेपुल, सीता गुफा, सेतो पहाडजस्ता पर्यटकीयस्थल स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्दै आइरहेको छ।

महोत्सवको मुख्य आकर्षक भनेको हात्ती तथा जीप सफारी, मगर जातीको सांस्कृतिक पहिरन र स्थानीय खानाका परिकार रहेका थिए। महोत्सव सम्पन्न भए पनि हात्ती तथा जीप सफारी नियमित सञ्चालनमा रहने तथा सो सफारी गर्ने स्वदेशी पर्यटकलाई ६ सय तथा विदेशी पर्यटकलाई एक हजार १ सय शुल्क निर्धारण गरेको छ। रासस

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

ताेलामा २ सयले बढ्याे सुन मुल्य

ताेलामा २ सयले बढ्याे सुन मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११