लहान —  कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद हसिद राइन साहजीलाई प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो।

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा विसं २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत्र ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो। अदालतको फैसलालगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चौयाले मिर्चैया नगरपालिका–२ निवासी ५५ वर्षीय रासलाल मण्डललाई पक्राउ गरेको छ। पक्राउ परेका मण्डलको साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गरिरहेको भैँसीसहित प्रहरीले सिरहा नगरपालिका–२० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेका चार भैँसीसहित भारतको खजुरी पञ्चयात–४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ। पक्राउ परेका भैँसी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ। (रासस)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

ताेलामा २ सयले बढ्याे सुन मुल्य

ताेलामा २ सयले बढ्याे सुन मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११