चितवन – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएका छन्। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताइन्।

चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उहाँले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधैँ प्रतिबद्ध भएको बताएका छन्। अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उनले आभार प्रकट गरेका छन्। सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलव्ध गराएका थिए।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अवस्था र भावी योजनाबारे जानकारी दिँदै चिनियाँ सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। विसं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो।

अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी यहाँ रहँदै आएका छन्। उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ। शुरुमा एक सय श्यया रहेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया छ। गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए। अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन्। (रासस)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११