काठमाडौं– आमजनतालाई सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्न आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव नहुने भएकाले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका वैकल्पिक चिकित्सा विधिहरुलाई एकीकृतरुपमा विकास र विस्तार गर्नुपर्ने कुरामा जोड दिइएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको वैकल्पिक चिकित्साको सुदृढीकरणसम्बन्धी गोष्ठी समापनका अवसरमा वक्ताहरुले आयुर्वेदलगायत सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सा विधाहरुलाई सामूहिकरुपमा अगाडि बढाउन सकिए सबैको लागि स्वास्थ्य र मुलुकको समृद्धिमा सहयोग पु¥याउन सकिने धारणा राखेका छन्।

सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले वर्षौँदेखि वैकल्पिक चिकित्साको अभ्यास हुँदै आए पनि कतिपयको अझै मापदण्ड बन्न नसकेकाले विभागले त्यसतर्फ कार्य थालनी गरेको र सबै विधाका प्रतिनिधिहरु सम्मिलित वैकल्पिक चिकित्सा समिति गठन गर्न लागिएको जानकारी दिएका छन्।

आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा. डा. धनिकलाल बर्खेलले सम्पूर्ण जनतालाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सबै वैकल्पिक चिकित्साका विधाहरुको सुदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

विभागका उपमहानिर्देशक डा श्यामबाबु यादवले वैकल्पिक चिकित्साका मुख्य चार विधाहरु सोवारिग्पा, होमियोप्याथी, अक्युपन्चर, प्राकृतिक चिकित्साबीच अनुभव र ज्ञान आदान–प्रदान गर्न र यस्ता उपचार विधिहरुलाई व्यवस्थितरुपमा सञ्चालन गर्न विभागले विभिन्न मापदण्ड निर्धारण, निर्दे्शिका तर्जुमा र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।

विभागको आयुर्वेद चिकित्सा महाशाखाका प्रमुख डा मुनकर्ण थापाले सबै वैकल्पिक उपचारका विधालाई अगाडि बढाउन नीतिगत र कानूनी व्यवस्था गर्न लागेको बताउँदै यसमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले पनि इमान्दारीपूर्वक जनतालाई स्वास्थ्य सेवा दिन सक्नुपर्ने धारणा राखे।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक कृष्ण अधिकारीले नेपालमा प्रचलनमा रहेका विभिन्न वैकल्पिक उपचार पद्दतिहरुको प्रवर्द्धन लागि एकीकृृतरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यी उपचार विधिहरुको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० मा स्वास्थ्य पर्यटनलाई उजागर गर्न सकिने सम्भावना औँल्याएका छन्।

सो अवसरमा सोवारिग्पाका तर्फबाट डा शेवाङ गुरुङ, होमियोप्याथीका तर्फबाट डा अम्बिकाप्रसाद ज्ञवाली, अक्युपञ्चरका तर्फबाट सुदर्शन बराल र प्राकृतिक चिकित्साका तर्फबाट डा सुनिल पौडेलले पनि विभागले सबै वैकल्पिक चिकित्सा विधाका आ–आफना विशेषता र महत्व रहेकाले तिनको समानरुपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

विभिागका लेखा अधिकृत सूर्यप्रसाद भुषाल र आयुर्वेद चिकित्सक डा शारदा खनालले पनि गोष्ठीको महत्व र उपादयताका बारेमा प्रकाश पारेको थिए।

दुई दिनसम्म सञ्चालन भएको सो कार्यशालामा सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यशालामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र चिकित्सक एवं स्वास्थ्यकर्मीहरु गरी २८ जनाको सहभागिता रहेको थियो।   रासस

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५