पोखरा– अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका स्थायी बसोबास गरि स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनरत् आशिष अधिकारी, सुबोध अधिकारी, आशिष पौडेल र जेनिस रेग्मीलाई सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनही पचास हजार रूपैया सहित दोसल्ला ओढाएर ती उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका छन्। शैक्षिक सत्र २०७५–०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा स्नातक तहको उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्दै सम्मान गरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाईले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका अन्तर्गत साविकका गाउँ पञ्चायत र गाबिसबाट निर्वा्चित उप प्रधानपञ्च र उपाध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा इन्द्रकुमारी गुरुङ, इन्द्रप्रसाद पौडेल, कुलबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, दलबहादुर गुरुङ, बुद्वीसागर पौडेल, नारायणबहादुर केसी, मनबहादुर केसी, चित्रबहादुर गुरुङ, गोलमान गुरुङ, प्रेमबहादुर गुरुङ, रनबहादुर गुरुङ, बिजय गुरुङ, तिलबहादुर गुरुङ, बिलबहादुर गुरुङ, र भदौरेबाट दलबहादुर गुरुङ र पुण्यप्रसाद सुबेदी छन्।

गाउँसभा कै अवसरमा गत जेठमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित दोस्रोे अन्नपूर्ण म्याराथनमा चौथो स्थान प्राप्त गर्न सफल घान्द्रुकका सचिन गुरुङ र ५५ वर्षीया धावक मीनबहादुर विकलाई पनि सम्मान गरिएको छ। उनलाई जनही रु १० हजार नगद सहित टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। गाउँसभामा अध्यक्ष कुँवरले चालु आर्थिक वर्षमा सम्पन्न शाखागत प्रगति विवरण जानकारी गराएका थिए। (रासस)

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२