
काठमाडौँ, २१ माघ – भारतीय वन विभागले सहमति विपरीत फेरि दशगजा क्षेत्रमा नाली निर्माण कार्य सुरु गरेको छ। विभागले कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारस्थित सीमा स्तम्भ नम्बर ७५३/१७१ को दशगजा नजिकै स्काभेटर लगाएर नाली खन्दै तारबारका लागि खम्बा गाड्न सुरु गरेको हो।
उक्त क्षेत्रमा भारतीय पक्षले डेढ हप्ताअघि पनि नाली निर्माणको कार्य थालेको थियो। स्थानीयको विरोधपछि नेपाल र भारतका अधिकारीको बैठक बसेर अर्को बैठकबाट उक्त विषयमा निष्कर्ष निकाल्ने सहमतिपछि नाली खन्ने काम स्थगित भएको थियो। त्यसपछि बैठक बसेको छैन।
तर, सहमति विपरीत शनिबार दिउँसोदेखि नाली निर्माण गर्न थालिएको कार्य अझै जारी छ। भारतीय दुधुवा निकुञ्जका डीडी महावीर कौजलगीको निर्देशनपछि नेपाल–भारत सीमाको दशगजा नजिकै अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादा उल्लंघन गर्दै भारतीय पक्षले स्काभेटर लगाएर नाली निर्माणको कार्य गरिरहेको छ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले फेरि नाली निर्माण गर्न थालेको भारतले त्यसबारेमा केही जानकारी नदिएको बताएका छन्। एकलौटी रुपमा भारतीय पक्षबाट दशगजामा निली निर्माणका लागि स्काभेटर चलाइए पनि त्यो रोक्न नेपाली पक्षबाट कुनै पहल गरिएको छैन।
सशस्त्र प्रहरी बल गुल्म हेडर्क्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक देवबहादुर चन्दले नाली निर्माण गरिरहेको क्षेत्र दशजगा क्षेत्रमा नपरेको भन्दै भारतले फेरि नाली निर्माण थालेको जानकारी दिए।
‘नाली निर्माण गरिरहेको क्षेत्र दशगजा भए लिखित निवेदन दिनुस्, हामी केन्द्रमा पठाएर केन्द्रको आदेश अनुसार अगाडि बढ्छौँ भन्दै भारतीय पक्षले नाली निर्माण सुरु गरेका छन्,’ चन्दले भने।
खुल्ला सीमानाका कारण भारतीय दुधुवा नेशनल पार्कबाट वन्यजन्तुको चोरी शिकारी बढेको भन्दै भारतीय वन विभागले दशगजा क्षेत्रमा नाली निर्माण कार्य सुरु गरेको हो।
भारतले दशजगा क्षेत्रमा नाली निर्माण गरी डिल लगाउँदा वर्षायाममा सयौँ नेपालीका घर जमीन डुब्ने भन्दै स्थानीयले उक्त कार्यको विरोध गरिरहेका छन्।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


