काठमाडौं–अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ।यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने प्रावधान राख्न सहमति जुटेको छ। शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ लाई बैठकले दफावार छलफलपछि पारित समेत गरेको थियो।

‘यसअघि केही विद्यार्थी निजी विद्यालयमा कक्षा ९ सम्म पढेर उच्च शिक्षामा छात्रवृत्तिका लागि कक्षा १० मा भर्ना भएर सामुदायिक विद्यालयमा पढेको हुन भन्ने देखाउँथे’, समितिका सदस्य जीवनराम श्रेष्ठले भने, ‘अब उच्च शिक्षाको छात्रवृत्तिका लागि लागू हुने नयाँ व्यवस्थालाई पालना गर्नुपर्नेछ।

उनले नयाँ व्यवस्थाले छात्रवृत्ति पाउने नाममा विकृति बढेकाले त्यसलाई रोक्न यस्तो कदम चालिएको जानकारी दिएका छन्। बैठकले उच्च शिक्षाको अध्ययनका लागि दलित, जनजाति, अपाङ्गता, आर्थिकरुपमा विपन्न भएका विद्यार्थीले प्रत्येक तहमा छात्रवृत्ति दिइने निर्णयसम्म गरेको छ।

यसअघि विधेयकमा त्यस्ता विद्यार्थीलाई एकपटक भर्नाका लागि मात्र छात्रवृत्ति पाउने व्यवस्था रहेको थियो। विश्वविद्यालयका पदाधिकारीलाई विश्वविद्यालयको सिनेटसभाको सामान्य बहुमतबाट समेत हटाउन सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

यसअघि २०६३ सालपछि खोलिएका विश्वविद्यालयका पदाधिकारीलाई ५० प्रतिशत सिनेटसभाका सदस्यले हटाउने सक्ने व्यवस्था भए पनि २०६३ अघि खोलिएका विश्वविद्यालयमा हटाउने व्यवस्था रहेको थिएन।

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडाैं विश्वविद्यालय र पोखरा विश्वविद्यालय विसं २०६३ अघि रहेका थिए। विधेयकमा कुनै पनि विश्वविद्यालयको सभाको ५१ प्रतिशत बहुमतबाट उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिव र सेवा आयोगका अध्यक्षलाई पदबाट हटाउने प्रावधान समेत समावेश गरिएको छ।

उनीहरुले आफ्नो पदअनुरुपको जिम्मेवारी पूरा नगरेको, इमान्दारितापूर्वक काम नगरेको वा निजले पद अनुकूल आचरण नगरेको भनी सभाका सदस्यको ५१ प्रतिशतले सदस्यले निर्णय गरेमा कुलपति हटाउन सक्ने व्यवस्था गरिएको छ।

सभाले हटाउने निर्णयमा कुलपतिले सभाको कुनै सदस्यको अध्यक्षतामा विश्वविद्यालय अनुदान आयोगका सदस्य र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्नसक्ने व्यवस्था गरिएको छ। रासस

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३