प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौंको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो। मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिधि भट्टको भिभो भि नाइन मोबाइल सेट स्थानीय निष्ट स्कुल नजिक हरायो। उनले पनि गत माघ ३ गते मोबाइल सेट हराएको निवेदन थिमि वृत्तमा दिए। प्रहरीले अनुसन्धानका क्रममा सो मोबाइल सेट १० दिनपछि लोकन्थलीबाटै फेला पारी भट्टलाई गत माघ १४ गते बुझायो।

त्यसैगरी मध्यपुर थिमि राधेराधे बस्ने मोहनकृष्ण खनालको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट गत पुस २० गते मध्यपुर अस्पताल हाताबाटै हरायो। सो मोबाइल प्रहरीले २० दिनपछि काठमाडौँंको नयाँ बानेश्वरमा फेला पारी गत माघ ११ गते खनाललाई बुझायो।

महानगरीय प्रहरी वृत्त थिमिले चालु आर्थिक वर्ष २०७५–७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ। वृत्तका अनुसार हप्तामा दुई–चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ।

हराएकामध्ये महीनामा पाँच–सातवटा मोबाइल फेला पर्ने गरेको छ। प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइएमई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ।

पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासको लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ। मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उनले बताए। मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको प्रनाउ केसीले बताए।

‘मोबाइल धनीले हराएको भनी निवेदन दिएको छ भने फेला परेपछि मोबाइल धनीलाई बोलाएर हस्तान्तरण गर्छौं।  चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,’ उनले भने, ‘वृत्तका अनुसार हाल ६ वटा मोबाइल चोरीका मुद्दा दायर भएर अदालतमा विचाराधीन रहेको छ।’ महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले परिसर र परिसर मातहतका जिल्लाका दुई प्रहरी वृत्तमा गरी सरदर दैनिक एक मोबाइल हराएका निवेदन पर्ने गरेको जानकारी दिए। त्यसमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फेला पर्ने गरेको उनले बताए।

मोवाइल हराएका घटना हेर्दा सामान्य देखिए पनि प्रहरीले त्यस्ता निवेदनको निरन्तर छानबिन र खोजी कार्य जारी राख्ने गरेको प्रनाउ पोखरेलले बताए। ‘हेर्दा सामान्य देखिएपनि मोबाइल हराएको निवेदनमा प्रहरीले निरन्तर खोजी जारी राख्ने गरेको छ। त्यसैको परिणाम मोबाइल हराएको छ महीनापछि पनि फेला परेका उदाहरण छन्,’ उनले भने।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३