एजेन्सी– हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।

भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले यिनै शब्दमार्फत् अपराध स्वीकार गरे।

प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा मङ्गलवार मनिन्दरले बताए अनुसार सन् २०१९ को डिसेम्बर ३० तारिखमा उनले आफ्नी प्रेमिका सरबजीत कौरको हत्या गरेका थिए। टेलिभिजन कार्यक्रममार्फत् अपराध स्वीकार गरेको केही समयपछि उनलाई प्रहरीले पक्राउ गर्यो।

फरार अभियुक्त

चन्डीगढको औद्योगिक क्षेत्रमा पर्ने एउटा होटलमा धारिलो हतियारको प्रयोग गरी मनिन्दरले आफ्नी प्रेमिकाको हत्या गरेका थिए। त्यसयता उनी फरार थिए। यो घटनाभन्दा अघिको एउटा हत्यासम्बन्धी मुद्दामा मनिन्दर जमानतमा रिहा भएका थिए।

प्रहरीका अनुसार सन् २०१० मा पनि उनले हरियाणामा अर्की प्रेमिकाको हत्या गरेका थिए। टेलिभिजनका एक वरिष्ठ कर्मचारीका अनुसार प्रहरी चौकीदेखि करिब तीन किलोमिटर टाढा रहेको स्टेशनसम्म मनिन्दर आफै आइपुगेका थिए।

ती कर्मचारीले भने, ‘कार्यालयबाहिर उभिएका हाम्रा क्यामेराम्यानलाई उनले आफूले एक महिलाको हत्या गरेको भने।’ पंजाबमा रहेको आफ्ना परिवारका सदस्यलाई प्रहरीले दुःख दिने गरेकाले आफूले आत्मसमर्पण गर्न चाहेको बताए।

मनिन्दरको कुरा सुनेपछि ती क्यामेराम्यानले सो टेलिभिजनका लागि अपराध मामिला हेर्ने संवाददातालाई बोलाए। अन्य कर्मचारीबीच छलफल भएपछि उनलाई स्टुडिओभित्र लगियो।

त्यही समयमा हामीले टेलिभिजन कार्यालयबाट प्रहरीलाई फोन पनि गर्यो, ती कर्मचारीले बीबीसीलाई भने।

अपराध स्वीकार

प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा मनिन्दरले आफ्नो अपराध स्वीकार गर्नासाथ स्थानीय प्रहरीले उनलाई गिरफ्तार गर्यो। प्रहरीका अनुसार मनिन्दर केही महिनाअघि सम्म एउटा स्थानीय फर्ममा चालकका रूपमा कार्यरत थिए।

उनकी प्रेमिका नर्स थिइन् र उनी चन्डीगढमै जागिरे थिइन्। प्रहरी अधिकारी नेहा यादवले बीबीसीलाई भनिन्, ‘हत्या गरिएकी सरबजीतको घाँटीको घाउ हेर्दा लाग्छ मनिन्दर खुँखार अपराधी हो।’

‘प्रचार हुने र मानिसहरूको सहानुभूति पाउने उद्देश्यले पनि टेलिभिजन लाइभ शोमा जाने भनेर उसले निधो गरेको हुन सक्छ,’ यादवले थपिन्। टेलिभिजन कार्यक्रममा हत्याबारे मनिन्दरले गरेको स्वीकारोक्तिलाई अदालतमा प्रमाणको रूपमा पेश गरिने प्रहरीले जनाएको छ।

होटलको सीसीटीभी फूटेजमा देखिए अनुसार मनिन्दर र उनकी प्रेमिकाले गत डिसेम्बर ३० तारिखका कोठा लिएका थिए। त्यही साँझ मनिन्दर होटलको कोठाबाट निस्केर गए। भोलिपल्ट होटलका कर्मचारीहरू कोठाभित्र छिर्दा सरबजीतलाई हत्या गरिएको अवस्थामा पाए। बीबीसी

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

२०७६, १० फाल्गुन शनिबार १८:३७