काठमाडाै‌ —   संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा स्थापित गरिए पनि यसको सुनिश्चितताका लागि ऐन बनाउन ढिलाइ हुँदा जनता आधारभूत आवश्यकताबाट वञ्चित भएकामा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी विधेयकमाथिको छलफलका क्रममा सांसद खगराज अधिकारीले मानिस बाँच्न अक्सिजनपछि चाहिने पानी मौलिक हकमा सुनिश्चित भए पनि कानून ल्याउन ढिलाइ गर्नु सत्ता र प्रतिपक्ष दुवैको कमजोरी भएको बताए।

तातो चिसो पानीको विषय सक्नेले गरे पनि आधारभूतरुपमा आवश्यक पर्ने स्वच्छ पानीको व्यवस्था गराउने दायित्व सरकारकै हुने उनको भनाइ थियो। सांसद रामबहादुर विष्टले काठमाडौँमा शुल्क तिरेर पनि पानी नपाइने गरेकाले कानूनमा शहरी क्षेत्रमा शुल्कसहित पानी उपलब्ध गराउने र गाउँमा शुल्करहित पानी वितरण गर्ने प्रावधान राखिनुपर्नेमा जोड दिए।

सांसद रङ्गमती शाहीले हुम्लाको सिमीकोटमा रहेको दलित बस्तीका मानिसले रु १५ हजार ऋण गरेर पानी जडान गर्नुपरेको, एउटै धारा हुँदा मानिसको भीड सार्वजनिक धारामा हुने जस्ता समस्यालाई समाधान गर्ने गरी कानून बनाउनुपर्ने विचार राखे। देशभरको अवस्था गरिबले पानी खान नपाउने भएकाले त्यसमा परिवर्तन गर्ने गरी कानून तर्जुमा गर्नुपर्ने उनको भनाई थियो।

बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसद विन्दा पाण्डे, समिति सदस्य रहेका सांसद आशाकुमारी विक, गणेशकुमार पहाडी र विनाकुमारी श्रेष्ठलगायतले आधारभूत आवश्यकताका रुपमा रहेको स्वच्छ खानेपानीको पहुँच देशभर सरल र सहज हुनेगरी व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।

खानेपानी मन्त्रालयका सचिव माधव वेल्वासेले काठमाडौँमा प्रतिदिन प्रतिव्यक्ति १०० लिटर पानी वितरण गर्ने गरी वितरण सञ्जाल निर्माण भइरहेको बताए। हाल न्यूनतम् प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी आवश्यक हुने मापदण्ड सरकारले बनाएको उनले जानकारी दिए। पानीको पहुँच देशभर पुर्यउन पहल गरिए पनि निःशुल्क दिन नसकिने सचिव बेल्वासेले बताए। सांसदले यो मापदण्ड अनुसार जनताले पानी पाउन नसकेको भन्दै तत्काल व्यवस्था गराउन माग गरेका थिए।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३