
महेन्द्रनगर, २३ माघ –बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको सम्झनामा निर्माण गर्न लागिएको बाल उद्यानको शिलान्यास भएको छ। बुधबार भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बरसिंह कार्कीले उद्यानको (चिल्ड्रेन पार्क)को शिलान्यास गरे।
निर्मला पन्तले अध्ययन गरेको महुलियास्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा उद्यान निर्माण हुने भएको हो। २०७६ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उद्यान दुई कठ्ठा क्षेत्रफलमा बन्न लागेको विद्यालयले जानकारी दिएको छ।
पार्कको शिलान्यास गर्दै वडाध्यक्ष कार्कीले १२ लाख ४३ हजार लागत अनुमान रहेको पार्कका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए।
विद्यालयकै जग्गामा बन्ने उद्यानमा ४ ब्लक रहनेछन्। पार्कमा विभिन्न प्रजातिका फूल तथा वृक्ष र बालबालिकाका लागि पिङ, चिप्लेटी लगायतका मनोरञ्जनका सामग्री राखिने वडाध्यक्ष कार्कीले जानकारी दिए।
निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको सम्झनामा वडा कार्यालयले गर्न लागेको काम सराहनीय रहेको बताईन्। उनले निर्मलाको हत्या गरिएको ६ महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेकामा दुख व्यक्त गर्दै सरकारसँग न्यायको माग गरेकी छन्। शिलान्यास कार्यक्रममा शिक्षक, विद्यार्थी, मानव अधिकारकर्मीलगायत स्थानीयको उपस्थिति थियो ।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


