बाजुरा, २४ माघ – एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ ।

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताउनुभयो । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ ।

६९ वडामा ३९ स्वास्थ्य संस्था

बाजुराका नौ स्थानीय तहमा दुई वर्षभित्र ३९ नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लाका ६९ वडा पहिचान गरेकामा नौ स्थानीय तहका ती वडामा स्वास्थ्य संस्था निर्माण हुने भएको हो ।

बूढीगङ्गा र बूढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सात÷सात आधारभूत स्वास्थ्य संस्था निर्माण हुने र खप्तड छेडेदह गाउँपालिका तथा स्वामिकात्र्तिक खापर गाउँपालिकामा दुई÷दुई मात्र स्वास्थ्य संस्था निर्माण हुने बताइएको छ ।

सङ्घीय सरकारको लगानीमा बडिमालिका नगरपालिकाको वडा नं १, ३, ४, ५ र ९मा तथा बूढीगङ्गा नगरपालिकाको १, २, ५, ६, ७, ९ र १० वडामा र खप्तड छेडेदह गाउँपालिकाको वडा नं ३ र ६ मा पनि स्वास्थ्य संस्था बन्ने भएका छन् ।

यस्तै उत्तरपूर्वी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाको २, ३, ४, ६, ७, ८ र ९ वडामा, गौमुल गाउँपालिकाको १, ३, ४ र ६ चार वडामा तथा हिमाली गाउँपालिकाको १, ४, ६ र ७ वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् ।

जगन्नाथ गाउँपालिकाको १, ३, ५ र ६ मा, स्वामिकात्र्तिक खापर गाउँपालिकाको २ र ५ मा र त्रिवेणी नगरपालिकाको २, ३, ५ र ६ मा पनि स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । जिल्लामा एकै पटक यति ठूलो सङ्ख्यामा स्वास्थ्यका भवन निर्माणमा लगानी आएको यो पहिलो पटक हो ।

सहज र सुलभ स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत देशभरका ७७ वटै जिल्लाका दुई हजार ४७३ वडामा नयाँस्वास्थ्य संस्था निर्माण हुने भएकामा यो वर्ष पहिलो चरणमा एक हजार २०० वडामा र दोस्रो चरणअन्तर्गत आगामी आर्थिक वर्षमा एक हजार ३१० वटा वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् । (रासस)

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८